अर्घाखाँची सिमेन्टले गर्याे टिभीसी अवधारणा प्रतियोगिताको मिति सार्वजनिक

  २०७६ मंसिर १ गते १७:३०     विकासन्युज

काठमाडौं । अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ ।
कम्पनीले टेलिभिजन च्यानलमा बजाउनको लागि सर्वसाधारणबाट आवश्यक कमर्सियलको लागि अवधारणा हासिल गर्ने लक्ष्य राखेर सो प्रतियोगिताको आयोजना गरेको छ ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुक सर्वसाधारणा महानुभावहरुले आ–आफ्नो नविन, रोचक तथा मौलिक अवधारणा कम्पनीको इमेल brand@acplnepal.com मा पठाउनु पर्नेछ । यसरी पठाइएको अवधारणा मध्ये उत्कृष्ट एक अवधारणा पठाउने सर्जकलाई ५० हजार बराबारको नगद पुरष्कार सहित कम्पनीले सम्मान गर्ने जनाएको छ ।

सर्वसाधारणले यहि मंसिर १५ गतेभित्र साँझ ५ बजेसम्म अवधारणा पठाइ सक्नुपर्ने कम्पनीले जनाएको छ । तथापी, यस प्रतियोगीतामा रचनात्मक क्षेत्रमाकामगर्ने कम्पनी, विज्ञापन एजेन्सी वा नेपाल सरकारमा दर्ता भएका कुनै पनि संघसंस्थालाई समावेश नगरी मात्रआम सर्वसाधारणलाई सहभागी गराइनेछ ।

“सर्वसाधारण नागरिक, आमउपभोक्ता एवं साहित्य श्रृजना तथा रचनात्मक क्षेत्रमा काम गरिरहेका सर्जकहरुस“ग सहकार्य गरी रचनालाई सम्मान गर्ने उदेश्यका साथ यस प्रतियोगीताको आयोजना गरिएको हो,” कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले भने ।

प्रतियोगीतामा सहभागी हुन इच्छुकहरुले अवधारणा पठाउँदा सबैभन्दा पहिले अर्घाखाँची सिमेन्टको आधिकारीक फेसबुक पेज https://www.facebook.com/Arghakhanchi-Cement-Pvt-Ltd-669894399789589 लाइक र फलो गरी brand@acplnepal.com मा आफ्नो अवधारणा पठाउनु पर्नेछ । यसरी अवधारणा पठाउने ब्यक्तिले इमेलमा आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर तथा नागरिकता, राहदानी वा अन्य कुनै परिचयपत्रको छायाँप्रति स्पष्ट हुनु पर्ने जनाएका छन् ।

टिभीसीबाट प्रभावित भएको, पुर्नप्रशोधन गरीएको वा अन्य अवधारणाको मर्म वा विषयबस्तुलाई नयाँ तरिकाले पुनर्निमाण गरिएको पाइएमा सो अवधारणालार्ई प्रतियोगीतामा सामेल नगराइने जानकारी दिएका छन् । कम्पनीले अन्तत बनाउने टिभीसी कम्तीमा ४० सेकेण्ड र बढीमा ६० सेकेन्डको हुने हुनाले सोही अनुसारको अवधारणाहरु मात्रै मान्य हुने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.