ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजमा विशेष छुट

  २०७६ मंसिर १ गते १७:०९     विकासन्युज

काठमाडौं । कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ ।

बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजको तर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एलइमामले हस्ताक्षर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने सहमति गरेको हो ।

हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.