घरेलु लघुवित्तद्दारा धुलिखेलमा तालिम तथा प्रगति समिक्षा गोष्ठी

  २०७६ मंसिर १ गते १६:४५     विकासन्युज

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको धूलिखेलमा “तालिम तथा त्रैमासिक समिक्षा गोष्ठी” सम्पन्न भएको छ । कार्तिक २९ र ३० गते समापन भएको घरेलु लघुवित्त संस्था अन्तर्गतका १३ जना शाखा प्रमुखहरुको आगमनमा गोष्ठी भएको जनशक्ति तथा कार्यसञ्चालन विभाग प्रमुख प्रदिपकुमार घिमिरेले जानकारी दिएका थिए ।

तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिमको उद्देश्यको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले प्रकाश पारेका हुन् । संस्थाले २०७६ कात्र्तिक मसान्तसम्ममा लगभग ४ हजार घरपरिवारहरुमा सेवा विस्तार गर्दै १८ करोड भन्दा बढी लगानी गरेको जनाएका छन् ।

यस कार्यक्रममा लघुवित्त कार्यक्रम,कर्जा तथा जोखिम सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख सोनाम शेर्पा, जनशक्ति व्यवस्थापन तथा कार्य सञ्चालन सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख प्रदिप घिमिरे, लेखा तथा योजना सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा विभागिय प्रमुख अन्जना प्याकुरेल तथा आइ टि सम्बन्धि आवश्यक जानकारीहरुको बारेमा रोशनि श्रेष्ठले जानकारी दिइन् ।

यस संस्थाले संस्था स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत ९ महिनादेखि लघुवित्त सेवा प्रदान गर्दै गई रहेको छ । यस क्रममा लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्ड को व्यवस्थापक शाखा प्रबन्धक तथा सम्बन्धित सबैले जिम्मेवार गम्भिर भएर कार्यक्रमको विकास विस्तार तथा गुणस्तर कायम गर्दै शाखाहरुको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.