सेञ्चुरी बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

  २०७६ मंसिर १ गते १६:२१     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले धुलिखेल नगरपालिका वडा नं ७ स्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयलाई दुई थान कम्प्युटर वितरण गरेको छ ।

उक्त कम्प्युटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले सो विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । ।

बैंकले सूचना प्रविधि र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयलाई  कम्प्युटर वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.