लक्ष्मी बैंकको डिबेञ्चर बाँडफाँड, १०% ब्याजदर, २०८६ मा परिपक्व हुने

  २०७६ मंसिर १ गते १३:३१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले जारी गरेको डिबेञ्चर बाँडफाँड भएको छ । बैंक निष्कासन गरेको २ अर्ब रुपैंया बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर आइतबार बाँडफाँड गरिएको हो । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शतप्रतिशत आवेदन प्राप्त भएको थियो ।

आइतबार बिहान लक्ष्मी बैंक लिमिटेडको केन्द्रिय कार्यालय हात्तीसारमा एक कार्यक्रमका बीच सो बाँडफाँड सम्पन्न भएको थियो । कार्यक्रमा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कूल निष्कासित २०,००,००० कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९,९९६ कित्ता र प्राइभेट प्लेसमेन्ट तर्फ २३ जना आवेदकलाई माग भएको थियो ।

यो ऋणपत्रका लगानीकर्ताले वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्नेछन् । सो ऋणपत्र २०८६ मा परिपक्व हुनेछ । लक्ष्मी बैंक सन् २००२ मा स्थापना भइको ‘क’ वर्गका वित्तीय संस्था हो । बैंकले आफ्ना शाखा एवं आईटी च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका नेपाल अधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.