नेपालमा गुड्ने चर्चित १० कार, जसको मूल्य १ करोडदेखि ५ करोड पर्छ

  २०७६ मंसिर १ गते १३:००     विकासन्युज

काठमाडाैं । आजको समयमा विश्व प्रख्यात विभिन्न कार ब्राण्डहरुले आफ्ना उत्पादनहरुलाई नेपालमा बिक्री वितरण गर्दै आइरहेका छन् । यहाँका सडकमा कम मूल्यका कारहरुको संख्या मात्र बढेको छैन कि, धेरै मूल्य पर्ने लक्जरियस कारहरु पनि छ्याप्छ्याप्ती देखिन थालेका छन् ।

आज हामी नेपालमा हाल उपलब्ध भइरहेका एक करोड रुपैयाँ मूल्य देखि लिएर ५ करोड रुपैयाँ मूल्य सम्मका चर्चित कारहरुको बारेमा चर्चा गर्न गइरहेका छौं ।

भक्सवागन टिगुवान

टिगुवानमा १९६८ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १४१ बीएचपीको पावर र ३४० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ७–स्पिड अटोमेटिक ट्रान्समिशन दिइएको यस सीयूभीले १७.०६ केएमपीएलको माइलेज प्रदान गर्दछ । टिगुवानमा ७१ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यस कारको लम्वाई ४४८६ मिलिमिटर, उचाई १६७२ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १४९ मिलिमिटर रहेको छ ।जर्मन अटोमेकर कम्पनी भक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टर्नेशनल प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारको सुरुवाती मूल्य एक करोड ११ लाख रुपैयाँ तोकेको छ ।

जिप कम्पास ट्रेलहक

जिप कम्पास ट्रेलहकमा १९५६ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १७० एचपीको पावर र ३५० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ९–स्पिड अटोमेटिक ट्रान्समिशन दिइएको यस एसयूभीले १६.३ केएमपीएलको माइलेज प्रदान गर्दछ । कम्पास ट्रेलहकमा ६० लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यस कारको लम्बाई ४३९८ मिलिमिटर, उचाई १६५७ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २०५ मिलिमिटर रहेको छ ।अमेरिकन अटोमेकर कम्पनी जीपको नेपालका लागि आधिकारिक बिक्रेता लाईफ अटोमोवाइल प्रा.लि. रहेको छ भने कम्पनीले नेपालमा यस कारलाई सुरुवाती मूल्य एक करोड २४ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ ।

निशान एक्स–ट्रेल

निशान एक्स–ट्रेलमा १९९७ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १०६ पीएसको पावर र २०० एनएमको टर्क प्रोड्युस गर्दछ । यस सीयूभीमा ६० लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यस कारको लम्बाई ४६४० मिलिमिटर, उचाई १७१० मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २१० मिलिमिटरको रहेको छ ।नेपालका लागि निशानको आधिकारीक बिक्रेता पायनियर मोटोकर्प प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारको मूल्य एक करोड २४ लाख ९९ हजार तोकेको छ ।

प्युजो ३००८

प्युजो ३००८ मा १५९८ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १६५ बीएचपीको पावर र २४० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ६–स्पिड अटोमेटिक ट्रान्समिशन दिइएको यस एसयूभीको फ्युल ट्याङ्क क्यापासिटी ५३ लिटर रहेको छ । प्युजो ३००८ को लम्वाई ४४४७ मिलिमिटर, उचाई १६२४ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २१९ मिलिमिटर रहेको छ । फ्रेन्च अटोमेकर कम्पनी प्युजो को नेपालका लागि आधिकारीक बिक्रेता सांग्रिला मोटर्स प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस एसयूभीको मूल्य एक करोड २९ लाख रुपैयाँ तोकेको छ ।

होण्डा सिआर–भि

होण्डा सिआर–भि मा १९९७ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १५५ पीएसको पावर र १९० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ६–स्पिड अटोमेटिक ट्रान्समिशन दिइएको यस एसयूभी को फ्युल ट्याङ्क क्यापासिटी ५८ लिटर रहेको छ । यस कारको लम्वाई ४५४५ मिलिमिटर, उचाई १६८५ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटर रहेको छ । होण्डाको नेपालका लागि आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस एसयूभीलाई एक करोड ३३ लाख रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ ।

इसुजु एमयु–एक्स

एमयु–एक्स मा २९९९ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १७४ बीएचपीको पावर र ३८० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ५–स्पिड अटोमेटिक ट्रान्समिशन दिइएको यस एसयूभि ले १३.८० केएमपीएलको माइलेज प्रदान गर्दछ । एमयु–एक्स मा ६५ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यसको लम्वाई ४८२५ मिलिमिटर, उचाई १८४० मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २२० मिलिमिटर रहेको छ । इसुजुको नेपालका लागि आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारलाई एक करोड ४४ लाख ९० हजार रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ ।

हुण्डाई स्यान्टा फी

हुण्डाई स्यान्टा फी मा २१९९ सीसीको इञ्जिन समावेश गरिएको छ जसले २०० बीएचपीको पावर र ४४१ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ७ सिटर यस एसयूभीले १३.०१ केएमपीएलको माइलेज प्रदान गर्दछ । स्यान्टा फी मा ६४ लिटर फ्युल ट्याङ्कक क्यापासिटी रहेको छ भने यस कारको लम्वाई ४७७० मिलिमिटर, उचाई १६८० मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १८५ मिलिमिटर रहेको छ । हुण्डाईको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारको मूल्य एक करोड ४५ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।

फोर्ड इन्डेभर

फोर्ड इन्डेभर मा ३१९८ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १९७ बीएचपीको पावर र ४७० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ७ सिटर यस एसयूभीले १४.२ केएमपीएलको माइलेज प्रदान गर्दछ । इन्डेभरमा ८० लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यस कारको लम्वाई ४९०३ मिलिमिटर, उचाई १८३७ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २२५ मिलिमिटर रहेको छ ।फोर्डको नेपालका लागि आधिकारीक बिक्रेता गो अटोमोवाइल्स प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारलाई एक करोड ७५ लाख रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ ।

टोयोटा ल्याण्ड क्रुजर प्राडो

ल्याण्ड क्रुजर प्राडो मा २९८२ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १७१ बीएचपीको पावर र ४१० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस एसयूभीले ११.१३ केएमपीएलको माइलेज प्रदान गर्दछ । यस कारमा ८७ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यसको लम्वाई ४८४० मिलिमिटर, उचाई १८८० मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २२५ मिलिमिटर रहेको छ । जापनिज अटोमेकर कम्पनी टोयोटा को नेपालका लागि आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा यस कारलाई दुई करोड ५७ लाख रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ ।

टोयोटा ल्याण्ड क्रुजर

टोयोटा ल्याण्ड क्रुजरमा ४४६१ सीसीको इञ्जिन समावेश गरिएको छ जसले २६१ बीएचपीको पावर र ६५० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस एसयूभीले ११ केएमपीएलको माइलेज प्रदान गर्दछ । यस कारमा ९३ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको छ भने यसको लम्वाई ४९५० मिलिमिटर, उचाई १९१० मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ २२५ मिलिमिटर रहेको छ ।टोयोटाको नेपालका लागि आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि. ले नेपाली बजारमा यस कारको मूल्य चार करोड ९२ लाख रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.