नेपालमै पहिलाे पटक एकै ठाँउमा ‘एक हजार महिला उद्यमीहरुको भेला’ हुँदै

  २०७६ कार्तिक २९ गते २१:४२     विकासन्युज

काठमाडौं । आगामी मंसिर तीन र चार गते सातै प्रदेशका महिला उद्यमीहरु काठमाडाै‌मा भेला हुने भएका छन् । उक्त भेलामा नेपालभरिका ग्रामिण तथा शहरी क्षेत्रका महिला उद्यमीको उद्यमशीलतालाई पहिचान गरी प्रोत्साहन र हौसला बढाउन महिला उद्यमी महासंघले ‘एक हजार महिला उद्यमीहरुको वृहत भेला तथा एक महिला उद्यमीहरुको एकदिने कार्याशाला गोष्ठी २०७६’ आयोजना गरेको हो ।

दुई दिन हुने कार्यक्रममा महिला उद्यमीले नेपाली उत्पादन, बजार तथा नेपालको अर्थतन्त्रमा पुराएको योगदानको बारे छलफल गरि आगामी दिनमा नेपालका ७७ वटै जिल्लाका महिलालाई ससंक्त एवंम आत्मनिर्भर बनाउने उद्देश्यले उक्त भेला गर्न लागेको महिला उद्यमी महासंघकी अध्यक्ष शारदा रिजालले बताईन ।

पहिलो दिन अर्थात मंसिर तीन गते दरबार मार्ग स्थित अन्नपूर्ण होटलमा हुने कार्यशाला गोष्ठीमा जम्मा एक सय जना महिला उद्यमीहरु भेला हुने र दास्रो दिन एक हजार जना महिला विहान ७ बजे माईतीघर मण्डलामा जम्मा भई शान्ती पून र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर हस्पिटल, रानीपोखरी, दरबारमार्ग किङ्गस्वे, घण्टाघर, कमलादी हुँदै प्रज्ञा प्रतिष्ठानको सभाहलमा गएर ट्ंगिने अध्यक्ष रिजालले पत्रकार सम्मेलन गर्दै जानकारी दिईन ।

हालसम्म ४७ वटा महिला उद्यमी संघ रहेछ भने सबै जिल्लामा संघ विस्तार गर्नुका साथै महिला उद्यमशीलता विकास कोषमा एक लाखदेखि ५ लाख भएकोमा उक्त रकम १० लाखदेखि १५ लाखसम्म बढाउनु पर्ने विषयमा छलफल भएको हुनेछ । आगामी दिनमा यस क्षेत्रमा नयाँ महिलाहरुको आगमनलाई सहजै स्वीकार गर्दै जाने महासंघले जनाएको छ ।
नेपालमा पहिलाे पटक हुँदै गरेकाे बृहत महिला उद्यमी भेलामा  करिब २७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  पछिल्लाे समय विभिन्न संघसंस्थाबाट करिब पाँच लाख जम्मा भएको महिला उद्योग महासंघको महासचिव दर्शना श्रेष्ठले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.