बजाजको ‘एनएस २००’ अब एबीएस र एफआई इञ्जिनका साथ नेपालमा, मूल्य तीन लाख ५४ हजार ९००

  २०७६ कार्तिक २९ गते १९:४८     विकासन्युज

काठमाडाैं । नेपालका लागि बजाज मोटरसाइकल्सको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘पल्सर एनएस २०० एबीएस’ लाई एफआई इञ्जिनका साथ नेपाल भित्र्याएको छ ।

‘एनएस २०० एबीएस एफआई’ को नेपाली बजार मूल्य तीन लाख ५४ हजार ९०० रुपैयाँ तोकिएको छ भने यो मोटरसाइकल देशभर रहेका बजाजको शोरुममा उपलब्ध हुनेछ । यस मोटरसाइकलमा १९९.५ सीसी सिङ्गल सिलिण्डर, लिक्विड कुल्ड एफआई इञ्जिन समावेस गरिएको छ जसले पहिलेको भन्दा केहि बढि पावर र टर्क प्रोड्युस गर्दछ । अहिले यस मोटरसाइकलले ९५०० आरपीएम मा २४.५ बीएचपीको पावर र ८००० आरपीएम मा १८.३ एनएमको टर्क प्रोड्युस गर्दछ ।

एफआई इञ्जिनको विशेषता भनेको इलेक्ट्रोनिक पद्दती मार्फत एउटा निश्चित समयमा चाहिएको इन्धनलाई इञ्जिनमा पठाउने काम गर्नु हो । यसो हुनाले इन्धनको अनावश्यक खपत त कम हुन्छ नै साथै मोटरसाइकलको पिकअप पनि बढ्न जान्छ । यसले गर्दा मोटरसाइकलले अलि बढि माइलेज प्रदान गर्दछ र साथै माइलेजमा लामो समयसम्म एकरुपता पनि आउँछ ।

यस मोटरसाइकलको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने सेफ्टि फिचरको रुपमा सिङ्गल च्यानल एबीएस पनि दिइएको छ । एबीएसले भने एक्कासी ब्रेक लगाउनु परेको खण्डमा मोटरसाइकलको चक्का लक हुन नदिनुका साथै ब्रेकिङ्ग दुरी पनि कम गरेर दुर्घटना हुने सम्भावनालाई पनि कम गर्दछ ।

एचएच बजाजले एक महिना अगाडि नेपाल भित्र्याएको कार्बुरेटर इञ्जिन सहितको एनएस २०० एबीएसको नेपाली बजार मूल्य चाहिँ तिन लाख ३४ हजार ९०० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.