कटारीमा यामाहाले संचालन गर्यो नयाँशोरुम

  २०७६ कार्तिक २९ गते १९:२२     विकासन्युज


काठमाडौं । यामाहाले कटारीमा आफ्नो एक नयाँ शोरुम संचालनमा ल्याएको छ । सन्जीव शाहको स्वामित्व रहेको यो नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुने जनाइएको छ ।

शोरुमको उद्घाटन चर्चित अभिनेत्री प्रियँका कार्कीबाट गरिएको थियो । जनकपुर उप–महानगरपालिकाकी उप–मेयर भीमकुमारी पन्त, बजाज शोरुम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुस्कर खड्काको पनि उपस्थिति रहेको थियो ।

ग्राहकहरुलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक कहाँबाट यामाहा बाइक खरीद गर्न सहज होस् भन्ने उद्देश्यका साथ नयाँ शोरुमको संचालन गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.