महानगर र महासागर यातायातबीच लफडा, मुद्दा हाल्ने तयारी

  २०७६ कार्तिक २९ गते १७:१८     राजाराम न्यौपाने

काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै आएका यातायात कम्पनी बीच विवाद बढ्दै गएको छ । विवाद चर्कदै गएपछि महानगर यातायात प्रालिले महासागर यातायात प्रालि लगायतका कम्पनीहरुलाई मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

महानगर यातायातले उपत्यकाको रिङ रोडमा सञ्चालन गर्दै आएका गाडीहरु जस्तै रङका र नाम पनि उस्तै राखेर केही समयपछि नै महासागर यातायात प्रालिले गाडी सञ्चालन गर्न थालेपछि विवाद बढ्न थालेको हो । एउटै रुपमा नाम उस्तै राखेर र रंग पनि उस्तै गाडी चलाएपछि महानगर यातायातले महासागर यातायात विरुद्ध यातायात व्यवस्था विभागमा मुद्दा दिने तयारी गरेको महानगर यातायात प्रालिका कार्यकारी निर्देशक केशव नेपालले बताए ।

महानगरले करीब ४ वर्षअघि १५ करोड २० लाखको लगानीमा ३८ वटा नयाँ बस सञ्चालमा ल्याएको थियो । त्यसको केही समयपछि मात्र महासागर यातायातले सेवा शुरु गरेको थियो । महानगरले सुविधा दिएपछि  यात्रुको मन जित्न सफल भएको थियो । तर पछिल्लो समय गाडीको रंग, चल्ने रुट पनि उही भएपछि महासागर र महानगरमा यात्रु झिक्किन थाले र आफूहरुको व्यवसायमा असर परेपछि बाध्य भएर मुद्दा दर्ताको तयारी गरेको कार्यकारी निर्देशक नेपालले बताए ।

यात्रुहरुले महानगर र महासागर यातायात दुबैको रंग रातो भएकाले महासागरमा छुटेका सामान समेत महानगरमा आएर माग्ने गरेका छन्, जसले जर्दा आफूहरुलाई समस्या परेको कार्यकारी निर्देशक नेपालले बताए ।

कतिपय व्यवसायीले त महानगर नै नाम राखेर अबैध तरिकाले गाडी चलाइएका छन्, यसबारेमा महानगरले यातायात विभागमा यस अघि नै निवेदन समेत दिएको जनाइएको छ । महानगरले गाडीलाई सुबिधासम्पन्न बनाउँदै प्रति बस ४० लाखमा सञ्चालनमा ल्याएको थियो । सिभिल बैंकबाट १४ करोड ४४ लाख ऋण लिएर बस सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

सिण्डिकेट अन्त्य पछि यात्रुलाई सुविधा, तर व्यवसायी बीच नै विवाद

सरकारले २०७४ चैत १८ गते सिण्डिकेटको अन्त्य गर्दै यातायात समिति भङ्ग भएको घोषणा गरेको थियो । सिण्डिकेट अन्त्यपछि यातायात कम्पनी दर्ताको संख्यामा पनि दिनानुदिन वृद्धि हुँदै गयो । काठमाडौंमा त सर्वासाधारणहरुले छानीछानी नयाँ–नयाँ गाडी छानेर चढ्न पाएका थिए । त्यति बेला सबैभन्दा बढी मयुर र महानगर यातायात चर्चामा थिए ।

सिण्डिकेट अन्त्य पछि नयाँ व्यवसायीहरु र यात्रुहरु खुशी भएका थिए । तर,  त्यो खुशी लामो समय रहन सकेन् । सरकारले त सिण्डिकेटको अन्त्य भएको भनेर घोषणा गर्यो, तर नयाँ आएका सार्वजनिक यातायात कम्पनीहरु विस्तारै सेलाउँदै गए । पछिल्लो समय त अस्वस्थ प्रतिपष्र्धाले गर्दा यात्रुहरुले समेत सास्ती खेप्नु परेको छ । सिण्डिकेटको अन्त्यपछि नयाँ नयाँ कम्पनीहरुले गाडी सञ्चालन गर्न थालेपनि पुराना कम्पनीहरु बिस्तारै सुस्ताउँदै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.