बिक्री अवधि समाप्त हुनु अगाबै बिक्यो प्रभु बैंकको ऋणपत्र, शुक्रबार गर्यो बाँडफाँड

  २०७६ कार्तिक २९ गते १६:२६     विकासन्युज


काठमाडौँ । प्रभु बैंक लि. ले १ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर बाँडफाँड गरेको छ । रु. १,०००/– अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको रु. १ अर्ब बराबरको “१०.२५५ प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र(डिबेञ्चर) शुक्रबार बाँडफाँड गरेको हो ।

डिबेञ्चर कात्तिक २१ गते सार्वजनिक निष्काशन गरिएको थियो । न्यनुतम २५ कित्ता र अधिकतम् ४ लाख कित्तासम्मको लागि आवेदन गर्न पाउने प्रभु बैंक लि. को ऋणपत्रलाई इक्रा–नेपालले न्यूनकर्जा जोखिम इक्रा नेपाल एलबीबीबी रेटिङ्ग प्रदान गरेको थियो ।

प्रभु बैंकले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कानको माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाखकित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत/व्यक्तिहरुलाई बिक्रीका लागि छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर २० गते बन्द हुने गरी सार्वजनिक निष्काशन गरेको हो । बिक्री अवधि समाप्त हुनु अगावै सार्वजनिक निष्कासन गरिएको बराबरको ऋणपत्र खरिद भएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.