महालक्ष्मीको साधारण सभाबाट १७.८९ प्रतिशत लाभांश पारित

  २०७६ कार्तिक २९ गते १६:०२     विकासन्युज


काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.ले शुक्रबारका १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

उक्त साधारण सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ९.८९% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रकाविभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि.को ग्राहक संख्या ५ लाखभन्दा बढी रहेको जनाइएको छ ।

बैंकले हालसम्म करिब रु. ३४ अर्ब २८ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.