नेपाल बंगलादेश बैंकको नाफा ३३% ले वृद्धि, बेसरेट डबल डिजिटबाट सिङ्गलमा

  २०७६ कार्तिक २९ गते १०:०८     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा पहिलो त्रैमासमा ३३.३२ प्रतिशतले बढेको छ । असोज मसान्तमम्ममा बैंकको नाफा ४० करोड २५ लाख रुपैयाँ छ । गत वर्ष सोही अवधिमा बैंकको नाफा ३० करोड १९ लाख रुपैयाँ मात्र थियो ।

बैंकको व्यवसाय विस्तार भने सुस्त छ । कर्जा लगानी करिव ३ अर्ब ३४ करोड विस्तार गरी ५५ अर्ब ८५ करोड पुर्याएको छ । तर निक्षेप ३९ करोडले घटेर ५९ अर्ब ३७ करोड रुपैयाँ भएको छ ।

बैंकको बेसरेट डबल डिजिटबाट सिङ्गल डिजिटमा झरेको छ । एक वर्षअघि १०.२० प्रतिशतमा रहेको बेसरेट ९.८७ मा झरेको छ । कष्ट अफ फण्ड ७.४३ बाट ७.२९ प्रतिशतमा झरेको छ । खराव कर्जा अनुपात भने थोरै बढेर १.९७ प्रतिशत भएको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ छ । पुँजी प्रयाप्तता अनुपात १३.४४ प्रतिशत छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ३४ पैसा छ । मुल्य आम्दानी अनुपात १० रुपैयाँ २५ पैसा छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २०५ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.