आरएमडीसीले वरिष्ठ कर्मचारीलाई दियो कर्जा बिश्लेषण तालिम

  २०७६ कार्तिक २९ गते ८:४५     विकासन्युज


काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी २ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम कात्तिक २७ देखि २८ गतेसम्म संचालन भएको थियो ।

तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका २१ वटा लघुबित्त कारोबार गर्ने लघुबित्त संस्था रसहकारी संस्थाहरुका ३४ जना फिल्ड हेर्ने बरिष्ठ कर्मचारीहरुकोे सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रमको संचालन शाखा काकर्मचारी दिनेश सिरुवालले गरेका थिए भने कार्यक्रममा सहभागीहरुको स्वागत शाखाका कर्मचारी कृष्णप्रसाद अधिकारीले गरेका थिए ।

उक्त तालिममा जीवन बिकास लघुबित्त बित्तीय संस्था लि.का जनशक्ती बिभाग प्रमुख सुदीपकुमार मण्डल र नेरुडे लघुबित्त बित्तीय संस्था लि.का बित्त बिभाग प्रमुख दिनेश कटुवालले प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेका थिए । प्रशिक्षकहरुले ऋण लगानीका सिद्धान्तहरु, प्रकृया तथा ऋण बिश्लेषणका ५ अवधारणा, धितो ऋण बिश्लेषण तथा ब्यवस्थापन, भाका नाघेको असर तथा त्यसको ब्यवस्थापनका बारेमा प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.