एनसीसीमा रक्तदान गर्नेको भीड, ५ घण्टामै १२१ जनाले गरे रक्तदान

  २०७६ कार्तिक २८ गते २१:०९     विकासन्युज

काठमाडौं । युथ रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पस(वाईआरसी एनसीसी)ले आयोजना गरेको रक्तदान कार्यक्रममा १२१ जनाले रक्तदान गरेका छन् । रगतको अभावलाई न्युनिकरण गर्न सहयोग मिल्ने विश्वासका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ५ घण्टामै १०० भन्दा बढीले रक्तदान गरेका हुन् । वाईआरसी एनसीसीले बुधबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म एनसीसीको प्राङ्गणमा उक्त कार्यक्रमकाे आयोजना गरेको थियो ।

विगतका दिनमा पनि यस्ता कार्यक्रम  गर्दै आएको र यसलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम सम्पूर्ण स्वयंसेवकहरुको सहकार्यमा सफलताका साथ सम्पन्न भएको वाईआरसी एनसीसीका का.अध्यक्ष कुशल बस्नेतले जनाएका छन् । तर समयको अभावले गर्दा रक्तदान गर्न इच्छुक ५० जना रक्तदाताहरुलाई यसै फर्काउन बाध्य भएको बस्नेतले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार निर्देशक डा. मनिता राजनाकार, नेपाल रेडक्रस सोसाइटी कोटेश्वर मिनभवन उपशाखाकी सभापति चन्द्रकला कार्की, नेपाल कमर्श क्याम्पस(एनसीसी)का प्रमुख प्राध्यापक डा.जीवन कुमार भट्टराई एवं सहायक क्याम्पस प्रमुख तथा विभिन्न सङ्कायका प्राध्यापकहरुको उपस्थिति थियो ।

त्यस्तै, क्याम्पसका विभिन्न विद्यार्थी सङ्गठन र विभिन्न संकायमा अध्ययनरत दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै वाईआरसी-एनसीसीका का.अध्यक्ष बस्नेतले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 

युथ रेडक्रस सर्कल एनसीसीले कात्तिक २७ गते रक्तदान कार्यक्रम गर्दै, किन गर्ने रक्तदान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.