गण्डकी विकास बैंकद्वारा मुस्ताङमा विविध सामाग्री वितरण

  २०७६ कार्तिक २८ गते १९:०१     विकासन्युज


काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले मुस्ताङ जिल्लाका विभिन्न विद्यालय एवम् संघ संस्थालाई विविध सामाग्रीहरु वितरण गरेको छ ।

यस क्रममा लेते स्थित ज्ञानमेदय माविलाई एक थान फोटोकपी मेसिन, घरपझोङ गापा वडा नं. ५ स्थीत जनमुक्ति युवा क्लवलाई विभिन्न खेलकुद सामाग्रीहरु तथा जोमसोम स्थित मुस्ताङ कल्चरल एण्ड एजुकेशन सेन्टरमा आश्रित विपन्न वर्गका विद्यार्थीहरुका लागि विभिन्न स्टेशनरी सामाग्रीहरु वितरण गरेको छ ।

छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक किशोर ओझाले सम्वन्धित संघ संस्थाका पदाधिकारीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमा उल्लेखित संघ संस्थाका पदाधिकारी एवम् स्थानीयको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.