सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ११६ प्रतिशतले वृद्धि

  २०७६ कार्तिक २८ गते १७:५९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ३३ करोड ३५ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लाे वर्षकाे तुलनामा ११६.७० प्रतिशतले बढी हाे । गत आवको पहिलो त्रैमासमा कम्पनीले १५ करोड ३९ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियाे ।

त्यस्तै, कम्पनीको खुद नाफा ५ करोड १ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा २ करोड ८१ लाख रुपैयाँले बढी हो । गत आवको यस अवधिमा इन्स्योरेन्सले २ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लगानी, कर्जा तथा अन्यबाट कम्पनीले २ करोड ५० लाख ९३ हजार रुपैयाँ लगानी गरेकाे छ । त्यस्तै, कम्पनीले बीमालेख धितोमा ५ करोड ६२ लाख रुपैयाँ लगानी गरी १७ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीले १५ वटा दाबी बापत एक करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ७ दाबी बापत ४४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.