मुक्तिनाथका ग्राहकलाई ट्रयाङ्गकुलिटी स्पामा विशेष छुट

  २०७६ कार्तिक २८ गते १६:२०     विकासन्युज


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच स्पामा छुट दिन समझदारी भएको छ । बैंकका ग्राहकहरुलाई स्पामा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा बिक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट वजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.