१२ बैंकले कमाए ६ अर्ब ६० करोड नाफा, ग्लोबल आईएमईको सबैभन्दा बढी

  २०७६ कार्तिक २८ गते १४:११     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ वाणिज्य बैंकले ६ अर्ब ६० करोड ८३ लाख नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उनीहरूले सो अवधिमा कमाएको नाफा गत आवको सोही अवधिकोभन्दा ३६ करोड ४८ लाखले बढी हो । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकहरूले गत आवकोे यो अवधिमा ६ अर्ब २४ करोड ३५ लाख नाफा आर्जन गरेका थिए ।

चालु आव साउनदेखि असोजसम्मकोे यो अवधिमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ भने बढी नाफा कमाउने दोस्रो बैंकको एभरेष्ट बैंक परेको छ । प्राइम कमर्शियल बैंकले पहिलो त्रैमासमा ६५ करोड ९७ लाख नाफा आर्जन गरेको छ भने प्रभु बैंकले ६२ अर्ब ८४ करोड नाफा कमाएको छ ।

सरकारी स्वामित्वका ३ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको वित्तीय विवरण प्रकाशित हुन वाँकी छ भने वित्तीय विवरण सार्वजनिक गरेका कृषि विकास बैंकको नाफा गएको आवकोभन्दा बढेको छ भने नेपाल बैंकको नाफा घटेको छ । चालु आवको यो अवधिमा कृषि विकास बैंकले ६० करोड ७३ लाख नाफा गरेको छ । सो नाफा गएको आवकोभन्दा ५ करोड ५९ लाखले बढी हो ।

नेपाल बैंकको नाफा भने चालु आवको यो अवधिमा ३३ करोड २० लाखले घटेको छ । नेपाल बैंकले जस्तै सिद्धार्थ र सिटिजन्स बैंकले पनि नाफा घटाएका छन् भने वाँकी ९ बैंकले गएको आवको तुलनामा नाफा बढाएका छन् । गत आवमात्रै बजारमा प्रवेश गरेको नेपाल इन्फ्रास्टक्चर बैंकले चालु आवको पहिलो त्रैमासमा १८ करोड ५८ लाख नाफा गरेको छ ।

१२ वाणिज्य बैंकले पहिलो त्रैमासमा गरेको नाफा:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.