शिवम् सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड २०१९’, मारुति र जगदम्बालाई प्रसंशा पत्र

  २०७६ कार्तिक २८ गते १३:१४     विकासन्युज

काठमाडौं । एनएस चिन्ह प्राप्त उद्योगमध्ये शिवम् सिमेन्टले ‘एनएस क्वालिटी अवार्ड २०१९’ पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले सर्वकृष्ट तथा गुणस्तरिय उप्पादनको आधारमा शिवमलाई यस वर्षको उक्त अवार्ड प्रदान गरेको हो ।

विभागले शिवम् सिमेन्टलाई ‘मार्कर्ड अडिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)’ को गुणस्तरिय उत्पादनको लागि उक्त अवार्ड प्रदान गरेको हो । यससँगै एनएस चिन्ह पाप्त मध्ये उत्कृष्ट १० उद्योगमा शिवम् सिमेन्ट प्रथम स्थानमा रहेको विभागले जनाएको छ ।

त्यसैगरी, एनएस चिन्ह प्राप्त मारुति र जगदम्बा सिमेन्टले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेका छन् । यी दुईले गुणस्तर तथा नापतौल विभाग मार्फत प्रसंशा प्रत्र पाएका छन् ।

विभागले मारुति सिमेन्टस्लाई मार्कर्ड अर्डिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)को गुणस्तरिय उत्पादनको लागि प्रसंशा प्रत्र प्रदान गरेको हो । त्यसैगरी जगदम्बा सिमेन्ट मिल्स प्रा.लिलाई मार्कर्ड पोर्टल्याड स्याल्ग सिमेन्ट(एनएस ३८४) को गुणस्तरिय उत्पादनको लागि प्रसंशा पत्र दिर्ईएको विभागले जनाएको छ ।

विभागले कात्तिक २८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यमा एनएस क्वालिटि अवार्ड २०१९ आयोजना गरेको हो ।

विभागले नेपालमा गुणस्तरिय उत्पादनलाई प्रोत्साहन दिने उद्यश्यले एनएस चिन्ह प्राप्त उद्योगहरु मध्येबाट सर्वकृष्ट उत्पादनलाई एनएस क्वालिटी अवार्ड दिँदै आएको छ । त्यस्तै, अन्य दुईलाई प्रसंशा प्रत्र वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.