जिभी हेल्थ एप बजारमा: अब डाक्टरको समय तपाईको हातमा

  २०७६ कार्तिक २८ गते ११:४१     विकासन्युज

काठमाडौं। जिभी हेल्थ प्राईभेट लिमिटेडले बजारमा नयाँ हेल्थ एप सार्वजनिक गरेको छ। कम्पनिले बुधबार काठमाडौंमा एक समारोह बिच नयाँ हेल्थ एप जिभी लन्च गरेको हो ।

टेक्नोलोजीद्वारा जीवनको रक्षा भन्ने मुल उदेश्यको साथ जिभा हेल्थ एप बजारमा लिएर आएको जिभीका प्रमुख कार्यकारी अधिकृत अभुसन ज्योति कंन्सकारले बताए। उनी भन्छन्,’हामी सुचनाको जमानामा छौं। संसार डिजिटलाईज भईसकेको छ र यदी हामीले हेल्थकेयरलाई पनि डिजिटलाईज गर्न सक्यौं भने हामीले धेरै मानिसको जीवनलाई सजिलो बनाउनको साथै धेरै जीवन बचाउन सक्छौं।’

यस एपको माफर्त तपाईले आफ्नो नजिकै भएको डाक्टरको समय लिन सक्नुको साथै आफुलाई आवश्यक औषधीलाई अनलाई मार्फत अर्डर गर्नु सक्नुहुनेछ। अनलाईन मार्फत तपाईले औषधी मात्र नभएर सेनेटरी प्याड, बच्चाको डाईपर, क्रिम तथा अन्य थुप्रै सामाग्री अर्डर गर्न सक्नुहुन्छ।साथै तपाईले डाक्टरसँग लिएको समय हेरफेर भएको अवस्थामा पहिला नै नोटिफिकेसन मार्फत जानकारी पाउनुहुनेछ। यस एपसँग हाल १ सय भन्दा बढी डाक्टर जोडीसकेका छन्।

डाक्टर, अस्पताल र बिरामीलाई निकै नै महत्वोपूर्ण रहेको हेल्थ रिपोर्ट पनि एपमा सुरक्षित राख्न सकिनेको साथ साथै आफ्न परिवारको हेल्थ रिपोर्टलाई पनि त्यसैमा समावेश गर्न सक्ने एपका प्रोजेक्ट म्यानेजर मोहमद नाबीले बताए।

एपले एउटा निकै नै गजबको सुविधा ल्याएको छ। तपाईले एपको मार्फत रगत दान गर्नुको साथै तपाईलाई आवश्यक रगत भएको व्यक्तीको सुचना पाउन सक्नुहुनेछ। मात्र २ महिनाको अवधिमा यस एपलाई १ हजार व्यक्तीले डाउनलोड गरिसकेका छन् भने यसले आफ्नो अनलाईन स्टोरमा ५ हजार बढी सामाग्री राखिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.