यस्तो छ हार्ले डेभिडसनको ‘आइरन ८८३’, थप दुई मोडेल पनि नेपाल भित्रिँदै

  २०७६ कार्तिक २७ गते १९:२९     विकासन्युज

काठमाडाैं । अमेरिकन मोटरसाइकल ब्राण्ड ‘हार्ले डेभिडसन’ को नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्सले हाल यस ब्राण्डको ‘आइरन ८८३’ नामक मोटरसाइकल नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।कम्पनीले सो मोटरसाइकलको मूल्य ४० लाख रुपैयाँ तोकेको छ ।

‘आइरन ८८३’ हार्लेको एउटा इन्ट्रि-लेभल क्रुजिङ्ग मोटरसाइकल हो जसमा ८८३ सीसीको ४-भल्भ इञ्जिन जडान गरिएको छ । यस इञ्जिनले ५० बीएचपीको पावर र ६८ एनएमको टर्क प्रोड्युस गर्दछ भने यसमा ५-स्पिड गियरबक्स दिइएको छ । त्यसैगरी, यस इञ्जिनमा इलेक्ट्रोनिक सिक्वेन्सल पोर्ट फ्युल इन्जेक्सन सिस्टम समावेश गरिएको छ ।

यस मोटरसाइकलको सिट हाइट ७६० मिलिमिटर छ भने फ्युल ट्याङ्क क्यापासिटि १२.५ लिटरको र तौल चाहिँ २४७ के.जी. रहेको छ । त्यसैगरी, यसको फ्रन्ट ह्विल १९ इञ्चको र ब्याक ह्विल चाहिँ १६ इञ्चको रहेको छ । यस मोटरसाइकलले १७ केएमपीएलको माइलेज र १७० केएमपीएचको टप स्पिड प्रदान गर्दछ भनेर कम्पनीले दावी गरेको छ ।

आईएमई मोटर्सले चाँडै नै हार्लेको दुई नयाँ मोडेल ‘स्ट्रीट ७५०’ र ‘स्ट्रीट रड ७५०’ लाई नेपाली बजारमा भित्र्याउने तयारी गरिरहेको छ । कम्पनीका अनुसार नेपाल लञ्च पश्चात यी दुवै मोटरसाइकलहरुको बजार मूल्य २६ लाख रुपैयाँ देखि २९ लाख रुपैयाँको हाराहारी पर्न जानेछ ।

हार्ले डेभिडसन आफ्नो लुक्स, साउण्ड, पावर, कम्फर्टनेस लगायतका कारण संसारभर कैयौं प्रशंसकहरु कमाउन सफल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.