९ करोड राजश्व चुहावट गर्ने ५ जना बिरुद्ध विभागले गर्यो मुद्दा दर्ता

  २०७६ कार्तिक २७ गते १८:४२     विकासन्युज


काठमाडौँ । राजश्व अनुसन्धान विभागले मूल्य अभिबृद्धि कर(भ्याट) का झुट्टा र नक्कली बिजकको प्रयोग गर्ने ५ वटा फर्म र ५ जना व्यक्ति माथि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । ९ करोड ३९ लाख ३३ हजार १ सय १० रुपैयाँ बिगो र सोको दोब्बर जरिवाना र ३ वर्षको कैद सजाय माग सहित विभागले बुधबार मुद्दा दायर गरेको हो ।

काठमाडौँ महानगरपालिका ३२ बस्ने एसपी इन्टरप्राइजेज/हिमाल कन्स्ट्रक्सनका प्रोपाइटर शिवप्रसाद गौतमलाई ३ करोड ८१ लाख बिगो, सोही ठाउँ बस्ने वाटरमार्क इन्टरप्राइजेजका प्रोपाइटर शिवराम न्यौपानेलाई १ करोड ५९ लाख बिगो र काठमाडौँ ११ बस्ने न्यू हिमालयन इन्टरप्राइजेजको प्रोपाइटर लक्ष्मण चौलागाईँलाई ६९ लाख ३९ हजार बिगो दाबी सहित मुद्दा दर्ता गरिएको हो ।

त्यसैगरी मध्यपुरठिमी ९ बस्ने न्यू युनिभर्सल इन्टरप्राइजेजका सुदर्शन चौलागाईँलाई ३० लाख ३२ हजार बिगार काठमाडौँ ४ बस्ने आर्जन हार्डवेयर सप्लायर्स प्रालिका सञ्चालक देवबहादुर खत्रीलाई २ करोड ९८ लाख बिगो दाबी सहित मुद्दा दर्ता गरिएको हो । सबैलाई ३ वर्षको कैदा सजायको माग सहित मुद्दा दर्ता गरिएको विभागद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.