टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको छनौट प्रतियोगिता सम्पन्न

  २०७६ कार्तिक २७ गते १८:०६     विकासन्युज


काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस बाइक राइडरहरुलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनौट प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

छनौट चरण पार गर्न सफल भएका २५ जना टिभिएस अपाचे राइडरहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउनुको अनुभव संगाल्न पाउनेछन् । टिभिएसले गत वर्ष पनि यस्तै रेस ट्रयाक योजना संचालन गरिसकेको र त्यसबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर यो वर्ष पनि त्यस्तै योजना संचालन गरेको जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले बताए ।

अत्याधिक माइलेजका साथ अत्यन्त सुरक्षित प्रविधिले सुसज्जित अपाचे टिभिएस अपाचे आरआर ३१० र २०० ४भि दुवै रेसको लागि सर्वोत्कृष्ट साबित भैसकेको छ र नेपालमा पनि यो बाइकले धेरै बाइकप्रेमीहरु माझ आफ्नो उत्कृष्टता प्रस्तुत गरिसकेको उपाध्यक्ष अग्रवालले बताए ।

टिभिएस अपाचेका राइडरहरुलाई रेस ट्रयाकमा सम्मिलित गराउने लक्ष्यका साथ संचालन गरिएको यस टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजना अन्तर्गत सहभागी हुन चाहनेले टिभिएस अपाचे आरआर ३१० र २०० को टेस्ट राइड प्रक्रियामा सामेल हुनु पर्ने शर्त राखिएको थियो, जसमा टेस्ट राइड गर्नेहरुको संख्या अत्याधिक रहेको थियो । जसमध्ये छनौट चरणको लागि गोला प्रथाद्वारा ५० जनाको नाम चयन गरिएको छ ।

छनौट चरणबाट प्रारम्भमा ३० जनाको नाम चयन गरी अन्तिम चरणको अन्तर्वार्ताबाट अन्तिम सहभागीहरु २५ जनाको नाम घोषणा गरिनेछ । छनौट चरणमा सहभागी हुने बाइक राइडरहरुको चयन उनीहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिका आधारमा गरिनेछ । यसरी छनौट चरण पार गरेर अन्तिम चरणमा प्रवेश गरेका टिभिएस अपाचे बाइक राइडरहरुले यही मंसिर १५ गते मद्रास मोटर रेस ट्रयाकमा टिभिएस अपाचे बाइक कुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार बनाउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.