ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच सम्झौता

  २०७६ कार्तिक २७ गते १७:५७     विकासन्युज

काठमाडौँ । ज्योति विकास बैंकले रेमिटसेवा अझ सहज र बिस्तारित गर्ने क्रममा युनाइटेड रेमिटसँग रेमिट सेवाको लागि सम्झौता गरेको छ । बुधबार ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच उक्त सहकार्य सम्झौता भएको छ ।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा युनाइटेड रेमिटको तर्फबाट युनाइटेड रेमिटका सहायक महाप्रबन्धक प्रविन अधिकारीले हस्ताक्षर गरेका हुन् ।

प्रतिष्ठित चौधरी ग्रुपद्वारा प्रवद्र्धित युनाइटेड रेमिटले साउदी अरब जस्ता मुलुकहरुबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ । सम्झौता पश्चात युनाइटेड रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनसुकै शाखा कार्यालयबाट लिन सकिने छ । ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट युनाइटेड रेमिटको देश–विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.