कुमारी बैंकद्वारा ज्ञान ज्योति आधारभूत विद्यालयलाई सहयोग

  २०७६ कार्तिक २७ गते १६:३९     विकासन्युज


काठमाडौँ । कुमारी बैंकले लामाटार, ललितपुरस्थित ज्ञान ज्योति आधारभूत विद्यालयमा टिफिन बक्स तथा स्कुल ब्याग वितरण गरेको छ ।

विपन्न वर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले विद्यालयलाई एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्यागहरू हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरे ।

हस्तान्तरण समारोहमा महालक्ष्मी नपा वडा–९ का अध्यक्ष वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.