‘कोका-कोला क्यापमा कार’ अफरमा हेटौँडाका अम्बर गुरुङले जिते टाटा टियागो

  २०७६ कार्तिक २७ गते १५:३५     विकासन्युज


काठमाडौँ । पेय पदार्थ कोका–कोलाले यो वर्षको ठूलो प्रवद्र्धन क्याम्पेन ‘कोका–कोला क्यापमा कार’को विजेता हेटौंडाका अम्बरबहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरिएको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा बुधबार विजेतालाई गाडीको साँचो हस्तान्तरण गरेका छन् ।

यो क्याम्पेनमा प्रत्येक घण्टा(हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए । कोका–कोलाको यो अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठूलो सफलता हासिल गर्यो र नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगञ्ज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएका छन् ।

बम्पर लक्की ड्र का विजेता गुरुङले भने–‘म लाखौं सहभागी मध्य टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुशी छु । यो मेरो पहिलो गाडी हो । यस्तो अभियान ल्याएकोमा म कोका–कोला नेपालप्रति आभार प्रकट गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.