एनएमबि बैंकले माग्यो १८६ जना कर्मचारी, यसरी दिन सकिन्छ आवेदन

  २०७६ कार्तिक २७ गते १३:१०     विकासन्युज


काठमाडौं । एनएमबि बैंकले १ सय ८६ जना कर्मचारी माग गरेको छ । बैंकले आज सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

वरिष्ठ प्रबन्धक १ जना, अफिसर तथा सिनियर अफिसर तहका ब्रान्च म्यानेजर १५ जना, रिलेसनसिप म्यानेजर पदमा २० जना, विजनेस डेभलपमेन्ट एक्जुकेटिभमा १० जना, लिगल अफिसरमा २ जना, सेक्युरिटी विभागमा २ जना, चार्टर्ड एकाउन्टेन्ट ६ जना, प्रोजेक्ट फाइनान्समा २ जना, सफ्टवेयर डेभलपरमा ३ जना, म्यानेजमेन्ट ट्रेनी २५ जना, जुनियर असिस्टेन्ट १ सयजना गरी १८६ जना कर्मचारी माग गरेको बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले मंसिर ११ गतेसम्म अनलाईनबाटै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.