यस्तो छ प्रिमियम ब्राण्ड ‘प्यूजो’ को अत्याधुनिक विशेषतायुक्त एसयूभी‘३००८ जिटि लाइन’, मूल्य एक करोड ३० लाख

  २०७६ कार्तिक २६ गते १९:४६     विकासन्युज

काठमाडाैं । फ्रेन्च अटोमेकर कम्पनी ‘प्यूजो’ को नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रा.लि.ले यस ब्राण्डका विभिन्न मोडेलहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ ।

प्यूजोको हाल नेपाली बजारमा २००८, ३००८ र ५००८ गरी तिन मोडेल तथा तिनका भेरियन्टहरु उपलब्ध रहेका छन् । यी मध्ये कम्पनीले ३००८ जिटि लाइनको मूल्य भने एक करोड ३० लाख रुपैयाँ तोकेको छ ।

३००८ जिटि लाइन एउटा प्रिमियम एसयूभी हो र यसका स्पेशल फिचरहरुका रुपमा रियर पार्किङ्ग सेन्सर्स, ८ इञ्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १२.३ इञ्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, प्यानारोमिक ओपनिङ्ग ग्लास रुफ, ब्लू एम्बियन्ट लाइटिङ्ग, ३ प्रि-सेट टेम्प्रेचर्स सहितको हिटेड फ्रन्ट सिटहरु, स्मार्टफोन चार्जिङ्ग प्लेट, १९ इञ्च डुअल टोन डाइमन्ड कट अलोए ह्विल्स, ड्राइभर सिट मल्टि प्वाइन्ट मसाज फंक्सन जस्ता विशेसताहरु रहेका छन् ।

सेफ्टि फिचर्सको रुपमा चाहिँ यस एसयूभीमा एयरब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, हिल स्टार्ट असिस्ट, अटो सिटि इमर्जेन्सी ब्रेकिङ्ग, सेन्ट्रल लकिङ्ग जस्ता विशेषताहरु रहेका छन् ।

३००८ जिटि लाईनमा प्रयोग गरिएको १५९८ सीसी पेट्रोल इञ्जिनले १६५ बीएचपीको पावर र २४० एनएमको टर्क प्रोड्युस गर्दछ । ४ ह्विल ड्राइभ सिस्टम भएको यस एसयूभीमा ६ अटोमेटिक गियरहरु रहेका छन् । त्यसैगरी, यस एसयूभीको फ्युल ट्याङ्क क्यापासिटि भने ५३ लिटर रहेको छ ।

प्यूजोको हाल नेपाली बजारमा विक्री भइरहेको सवैभन्दा महँगो मोडेलका रुपमा ‘५००८’ रहेको छ भने सो को मूल्य कम्पनीले एक करोड ३८ लाख रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.