महासंघ सचिवालयमा व्यवसायिक मेलमिलाप केन्द्रको स्थापना

  २०७६ कार्तिक २६ गते १९:२२     विकासन्युज


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा व्यवसायिक मेलमिलाप केन्द्र स्थापना भएको छ । उक्त केन्द्रको सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रुपमा उद्घाटन गरे ।

केन्द्र उद्घाटन पश्चात व्यवसायिक मेलमिलाप सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले मेलमिलाप केन्द्र व्यवसायिक विवादको समाधानमा प्रभावकारी माध्यम बन्न सकोस भनि शुभकामना दिए व्यवसायिक मेलमिलापको बढ्दो आवश्यकता र यसले व्यवसाय क्षेत्रलाई पुग्ने सहयोगका विषयमा छलफल गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

व्यवसायिक विवादको छिटो, छरितो र मितव्ययी ढंगबाट समाधाननै व्यवसायिक मेलमिलाप भएकाले सर्वोच्च अदालतले समेत व्यवसायिक मेलमिलापलाई उच्च प्राथमिकतामा राखेर यस्ता केन्द्र स्थापना गरी सोही केन्द्रका माध्यममार्फत समस्या समाधानमा जोड दिएको उनले स्पष्ट पारे ।

महासंघका अध्यक्ष राणाले कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्दै मेलमिलापलाई व्यवसायिक विवाद समाधानको उपयुक्त माध्यमका रूपमा आत्मसाथ गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य दिंदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायिक एवम् आर्थिक कारोवार गर्ने पक्षहरूबीच उत्पन्न हुने विवाद समाधानमा महासंघमा स्थापित केन्द्रलाई प्रभावकारी ढंगमा अगाडि बढाउने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.