हात्तीगौंडामा गरिमा विकास बैंकको शाखा बिस्तार

  २०७६ कार्तिक २६ गते १७:३७     विकासन्युज


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले बुढानिलकण्ठ नगरपालिका वडा नं.-७, हात्तीगौंडामा शाखा बिस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले गरेका हुन् । कार्यक्रम बैंकका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी उद्यमशीलताको विकास तथा नगरपालिका भित्र विभिन्न व्यापार व्यवसायको विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पूँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.