युनाइटेड इन्स्योरेन्सको एजीएमले सञ्चालक समितिलाई दियो मर्जर सम्बन्धी अख्तियारी

  २०७६ कार्तिक २६ गते १७:०९     विकासन्युज


काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कं.(नेपाल) लि.को २५ औ बार्षिक साधारण सभा(एजीएम) मंगलवार सम्पन्न भएको छ । वार्षिक साधारणसभा कम्पनी संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव बहुमतले पारित गरेको छ ।

आव २०७४÷०७५ बार्षिक प्रतिवेदन, सोही आवको नाफा नोक्सान तथा नगदप्रवाहको विवरण लगायत वित्तीय विवरणहरु पारित गर्दै आगामी आव २०७५÷०७६ को लागि लेखा परीक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रुपमा बैठकबाट पारित भयो ।

त्यसैगरी, बिशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरी कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्ताव र कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसंग एक आपसमा भाग्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पूरा गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको कम्पनी सचिव बिदुरबहादुर भुजेलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.