सीको भ्रमणमा सिङ्गारिएको सोल्टीमोड-कालिमाटी सडकखण्डको दुर्दशा(फोटो फिचर)

  २०७६ कार्तिक २६ गते १५:४८     नबिन पोखरेल


काठमाडौं । केही समय अघि चीनका राष्ट्रपति ‘सी जीन पिङ’ दुई दिने राजकीय भ्रमणमा नेपाल आए । उनी नेपालमा रहँदा सोल्टी होटलमा बसे । उनको आगमन र नेपाल बसाईका बेलासम्म कालीमाटी–सोल्टीमोड सडक खण्ड चिल्लो र सजिसजाउ पारिएको थियो । बनाइएको थियो र दायाँबायाँ सभा र चिटिक्क पारिएको थियो ।

सीको अगमनका बेला उक्त सडकमा न धुँवाधुलो थियो र न त अस्तव्यस्त अवस्था थियो । तर, २ दिनको राजकीय भ्रमण सकेर राष्ट्रपति सी फर्किएसँग सो सडक खण्डमा ढलको संरचना निर्माण थालिएको छ । जसले गर्दा उक्त स्थान फेरी अस्तव्यक्त र धुलाम्मे भएको छ ।

केही दिन अघिमात्रै पिच गरिएको तथा सजिसजाउ भएको सडक अहिले बाङबुङ्ग पारेर भत्काइदैछ । त्यसरी भत्काउनुको कारण ढल निर्माण हो, तर सडक बनाउने, फेरी भत्काउने, फेरी थप संरचना बनाउने गर्दा पक्कैपनि राम्रो देखिदैन ।

नेपालको विकास मोडल ठीक छैन । सडक बनाइन्छ, जब सडक भत्कन थाल्छ अनि छेउ छेउमा ढल बनाइन्छ । केही समयपछि पानीका पाइब बिछ्याउन फेरी सडक खनिन्छ अनि सडक खाल्डाखुल्डी भएर भत्कन्छ । यसरी हेर्दा सडक संरचनाको लागि सरकारको रकम खर्च भइरहेको हुन्छ र राम्रो भएको कहिलेपनि अनुभूति गर्न पनि पाइदैन । अहिले सोल्टीमोड–कालीमाटी सडकमा भएको पनि यही हो ।

सडक निमार्णका कारण धुुँलो प्रदुषण हुने नै भयो, तर कामलाई लामो समय लगाइदिंदा त्यसले दिर्घकालीन असर समेत पर्दै आएको छ । सडकमा सवारी चलाउनेदेखी पैदल यात्रा गर्ने, व्यवसाय गर्ने सबैले सास्ती भोग्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.