नेपाली विद्यार्थीको रोजाईमा फ्रान्स: कस्तो छ पढाई, कति लाग्छ खर्च ?

  २०७६ कार्तिक २६ गते १३:००     डोमी शेर्पा

काठमाडौं। यदि तपाई विविध साँस्कृतिक विविधता र उत्कृष्ट शैक्षिक प्रतिष्ठा भएको देशमा पढ्न चाहनुहुन्छ भने फ्रान्स तपाईको लागि उपयुक्त देश हुनसक्छ । कम शिक्षण शुल्क र अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय फ्रान्सको बिशेषता हो । यहि कारण पनि पछिल्लो समय फ्रान्स धेरै नेपाली विधार्थीको रोजाईमा पर्न गरेको छ ।

फ्रान्समा हाल २ लाख २५ हजार विदेशी  विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । यहाँका विश्वविद्यालयमा भर्ना हुने मध्ये १० प्रतिशत विदेशी  विद्यार्थीहरु रहेका छन् । फ्रान्सेली उच्च शिक्षा प्रणाली संसारकै उत्कृष्ट शिक्षा प्रणालीमा पर्दछ । फ्रान्सका १० विश्वविद्यालय संसारको उत्कृष्ट ३०० विश्वविद्यालयमा पर्दछ । कम शिक्षण शुल्कमा उत्कृष्ट उच्च शिक्षाको साथ फ्रान्समा अध्ययन गर्ने विदेशी  विद्यार्थीहरूको लागि फाईदाजनक हुन्छ।

फ्रान्स विशेष गरी व्यवसाय सम्बन्धी विषयहरु पढ्न चाहनेहरूको लागि राम्रो विकल्प हो । यो अन्तर्राष्ट्रिय व्यापार र व्यवस्थापन शिक्षाको केन्द्र हो र यहाँका धेरै बिजनेस स्कूलहरू विश्वव्यापी रुपमा चर्चित छन् । फ्रान्समा ७१ सार्वजनिक विश्वविद्यालयहरु रहेका छन् र ती सबैलाई फ्रान्सेली सरकारले अनुदान दिंदै आएको छ, जसका कारण स्वदेशी र विदेशी सबै  विद्यार्थीहरूलाई अत्यन्त सस्तो मूल्यमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ ।

यहाँको शैक्षिक सत्र सेप्टेम्बर वा अक्टुबरमा सुरु भएर मे वा जुनमा अन्त्य हुन्छ । शैक्षिक सत्रलाई दुई सेमेस्टरमा विभाजन गरिएको छ । यहाँ स्नातक तहलाई ६ सेमेस्टरमा विभाजन गरिएको छ अर्थात स्नातक तह ३ वर्षको रहेको छ भने स्नातकोत्तर तह ४ सेमेस्टरमा विभाजन गरिएको छ, स्नातकोत्तर तहको कोर्ष २ वर्षको हुन्छ ।

उच्च शिक्षाको लामो ईतिहास बोकेको फ्रान्स एक सुन्दर देश हो । पश्चिमी यूरोपमा अवस्थित यस देशले भौगोलिक रूपमा विविध क्षेत्रलाई ओगटेको छ । सांस्कृतिक रूपमा पनि एक लामो इतिहास बोकेको फ्रान्स संस्कृति, पाक कला र साहित्यको प्रमुख केन्द्रको रुपमा प्रख्यात छ । यी सबै कारणहरूले यसलाई विश्वभरि अन्तर्राष्ट्रिय  विद्यार्थीहरूको लागि एक रोमाञ्चक गन्तव्य बनाउँदछ ।

पढाई खर्च

फ्रान्समा युरो मुद्राको प्रयोग हुन्छ । एक युरो बराबर १२५ नेपाली रुपैंया हुन्छ । यहाँको सार्वजनिक शैक्षिक संस्थानहरूमा ट्यूशन दरहरू सरकारले निर्धारण गर्दछ र ती धेरै किफायती हुन्छन् । वास्तवमा फ्रान्सकोे सार्वजनिक संस्थानहरूमा उच्च शिक्षाका शिक्षण शुल्क घरेलु र अन्तर्राष्ट्रिय  विद्यार्थीहरूको लागि समान छन् । यहाँ ट्युसन लागतहरू प्रत्येक वर्ष सेट गरिन्छ । २०१७ मा फ्रान्समा स्नातक तह अध्ययनको लागि औसत वार्षिक शिक्षण लागत २०० अमेरिकी डलर अर्थात २३ हजार भन्दा कम र मास्टरको अध्ययनका लागि लगभग २५९ युरो डलर अर्थात नेपाली ३३ हजार आसपास रहेको थियो ।

विद्यार्थीहरूले केही मात्रामा प्रशासन शुल्क तिर्न आवश्यक हुन्छ, जसले शिक्षण लागत थोरै बढाउँदछ । यधापी फ्रान्समा पढ्ने भनेको उच्च स्तरको शिक्षा खोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि सबैभन्दा सस्तो विकल्प हो । यी दरहरू सार्वजनिक संस्थानहरूमा मात्र लागू हुन्छन् । यदि तपाई निजी संस्थानमा अध्ययन गर्न चाहानुहुन्छ भने शुल्क धेरै बढी हुन्छन्, जुन प्रति वर्ष १० हजार अमेरिकी डलर सम्म पर्न जान्छ ।

बसाई खर्च

शिक्षण शुल्कको दाँजोमा फ्रान्समा बसाई खर्च भने ठ्याक्कै उल्टो रहेको छ । यहाँको बसाई खर्च छिमेकी देशहरू भन्दा बढी छ । यधापी विद्यार्थीहरूले प्राय: रेस्टुरेन्ट र यातायातमा छुट पाउँछन्, जसले शुल्क केही कम भने गराईदिन्छ । यहाँका साना शहरहरूमा बस्दा लागत कम हुन्छ, त्यसैले कहाँ अध्ययन गर्ने भनेर निर्णय गर्दा यो कुरालाई ध्यान दिनुपर्छ ।

विदेशी विद्यार्थीहरूको फ्रान्समा आवासको लागि धेरै विकल्पहरू छन् । तपाई विश्वविद्यालयको आवासमा प्रति महिना युरो डलर १२० अर्थात नेपाली १६ हजारको आसपास तिरेर बस्न सक्नुहुन्छ । होमस्टे विदेशी विद्यार्थीहरूको लागि अर्को विकल्प हो । यसको शुल्क स्थानको आधारमा तोकिएको हुन्छ, जुन प्रति महिना २०० युरो अर्थात नेपाली २५ हजार आसपास पर्न जान्छ, जसमा कम्तिमा एक दिनको खाना समावेश हुन्छ ।

यहाँ विद्यार्थीहरुले स्थानीय तहबाट अनुदानको लागि आवेदन दिने विकल्प पनि रहेको छ । निवेदन जसले पनि दिन सक्छन् र यदि तपाई अनुदानको लागि योग्य हुनुहुन्छ भने तपाईले आफ्नो भाडाको मासिक ३५ प्रतिशत फिर्ता पाउन सक्नुहुन्छ ।

अन्य लागत

बिजुली, ग्यास, इन्टरनेट :  ६० युरो डलर प्रति महिना
अध्ययन सामग्री :  ५० युरो डलर प्रति महिना
ट्राभल कार्ड वा यातायात : ७० युरो डलर प्रति महिना
भान्साका सामाग्री : २५० युरो डलर प्रति महिना

भाषा: फ्रान्सेलीहरु आफ्नै भाषालाई प्राथमिकता दिने गरेका छन्, यधपी तपाईले अंग्रेजी भाषाको माध्यमबाट पनि संचार गर्न सक्नुहुन्छ । तर तपाईले फ्रेन्च भाषा सिक्नुभयो भने त्यो तपाईको लागि निकै नै फाईदाजनक रहन्छ ।

विद्यार्थीले काम गर्ने प्रावधान

हरेक विदेशी विद्यार्थीहरुलाई फ्रान्समा काम गर्न पाउने सुविधा रहेको छ । यदी तपाई युरोपियन युनियन भित्रको देशको विद्यार्थी पर्नु भएन भने तपाईले काम गर्नको लागि अनुमति लिनु पर्छ ।  फ्रान्सेली कानून अनुसार विदेशी विद्यार्थीहरूलाई हप्तामा २० घण्टा काम गर्न सक्छन् । जब तपाई फ्रान्समा काम गर्नुहुन्छ भने तपाईलाई प्रति घण्टा ९.७६ युरो डलर ज्याला दिईन्छ । यो कुनै पनि किसिमको कर नकटाइएको ज्याला दर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.