स्थानीयसँगै उठाउन थाल्यो सरकारले १९ हजार प्रतिकेजीमा जडिबुटी, १० करोडको उत्पादन

  २०७६ कार्तिक २५ गते १८:४३     विकासन्युज

काठमाडौं । जडिबुटीको उचित मूल्य नपाएर निरास बनेका किसानले अब प्रतिकेजी जडिबुटीको १९ हजार रुपैयाँसमम्म पाउने भएका छन् । जङगलमा आफै उम्रेको होस् वा व्यवसायिक रुपमा नै खेती गरेको होस्, जडिबुटीको महत्व बढ्दै गहिरहेको छ । सरकारले देशका विभिन्न स्थानमा जडिबुटी उत्पादत तथा प्रशोधन केन्द्रको स्थापना गरी काम गरिरहेको छ । कर्णाली इलाम, जुम्ला, झापा र बारालगाएतका ठाउँमा प्रशोधन केन्द्र खोलेर किसानले उत्पादन गरेको र आफैले उत्पादन गरेको जडिबुटीलाई प्रशोधन गर्ने गरेको छ ।

नेपालको विभिन्न केन्द्रबाट उत्पादन भएको जुडीबुटी ८० प्रतिशत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको बारा जिल्लाको कोल्हबी नगपालिकाको ३ नम्वरमा रहेको जडिबुटी उत्पादत तथा प्रशोधन केन्द्रले कृषकलाई जडिबुटीको प्रतिकेजी १९ हजारसम्म दिने गरेको छ । बारामा रहेको कम्पनीको २ करोड ५० लाखको लागतमा सरकारले सञ्चालनमा ल्याएको हो । प्रशोधन केन्द्र २१० हेक्टरमा फैलिएको छ ।

जडिबुटी प्रशोधन केन्द्रको भवन २ हेक्टर क्षेत्रफलमा बनेको छ । बाराको केन्द्रमा युक्लिट्टा, सिट्रोनेला, क्यामोमाइल, लेभन, ग्रास, मेन्था, फेन्चब्रेसिल जडीबुटी खेती र प्रशोधन गर्ने गरिएको छ ।

केन्द्र प्रमुख बकतबहादुर राउतले हामीले सात प्रकारका जडिबुटी उत्पादन र प्रशोधन गरिहरहेका छौ । कृषकले उत्पादन गरेको जडिबुटीमा प्रतिकेजी १९ हजार देखि १९ सय केजीसम्ममा खरिद गर्ने गरेको बताए । उनले भने हाम्रो १७ टन जडिबुटी उत्पादन गर्ने लक्ष्य रहेको बताए । अहिले कम्पनीले लक्ष्यको ८५ प्रतिशत जडिबुटी उत्पानदन गरिहरकेको छ । कम्पनीले करिब १५ करोडको बारोवार गरेको जानकारी दिएको छ ।

औषधि वा रोग निदान गर्न सक्ने गुण भएका वनस्पतिहरु नै जडिबुटी हुन् । नेपालमा हजारौं प्रजातीका जडिबुटी छन ती मध्ये केही जडिबुटीको पहिचान भएको छ भने कतिको अझै पहिचान हुन वाँकी छ । करिब ४५ प्रतिशत भूभाग वनजंगलले ढाकिएको र बहुमूल्य जडिबुटी पाइने र मूल्यवान जडिबुटीको खेती व्यवसायको समेत सम्भावना नेपालमा रहेको छ ।

आज नेपालमा प्रशस्त जडिबुटी छन् तर उपयोग विहिन देखिन्छन् । नेपालमा पाइने चमत्कारिक जडिबुटी हेर्दा विश्वको आँखा नेपालमा रहेको छ तर, नेपालीको ध्यान पुग्न नसकेको उनले बताए ।नेपालमा भएको जडिबुटी सरकारले पहिचान गर्न सके क्यान्सर देखि एड्स सम्मको औषधि हाम्रो जंगलमा उर्मिरहेको र यस्ता कतिपय जडिबुटीको पहिचान गर्न नसक्दा राष्ट्रले घाटा व्यहोर्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.