विराटनगरको बिग होटलमा ‘बिग क्याफे’ सञ्चालनमा

  २०७६ कार्तिक २५ गते १८:०२     विकासन्युज


काठमाडौँ । विराटनगरको बिग होटलमा ‘ बिग क्याफे ‘ सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका ९ स्थित रोडशेष चोकमा रहेको बिग होटलमा आईतबार देखि बिग क्याफे सञ्चालनमा आएको हो ।

करिब २० लाखको लागतमा संचालनमा आएको उक्त क्याफे बिग होटलका निर्देशक वीरेन्द्र न्यौपाने र रुपराज भण्डारीले संयुक्तरुपमा रिबन काटेर क्याफेको शुभारम्भ गरेका हुन् ।

क्याफेमा विभिन्न प्रकारका कफि, बर्थ डे केक, चिया पाईने बिग होटलका बजार व्यवस्थापक नरेशकुमार श्रेष्ठले जानकारी दिए । चिसो मौसम सुरुवात भए सँगै विराटनगरवासीलाई सेवा सुविधा दिनका निमित्त उक्त क्याफे संचालनमा ल्याएको श्रेष्ठले बताए ।

बिग क्याफेले हिमालयन जावा स्वादको कफि पनि उक्त क्याफेमा संचालनमा ल्याउने होटलका संचालक भरतबहादुर खत्रीले जानकारी दिए । यस अघि विग होटलले एक सय करोडको लगानीमा होटल संचालनमा ल्याईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.