ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतको आदेश

  २०७६ कार्तिक २५ गते १७:००     विकासन्युज

काठमाडौं । व्यवसायी घराना ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । ल्यान्डमार्क हाउजिङ ठगीे आरोपमा ज्योति ग्रुपका उपाध्यक्ष डा. रुप ज्योतिमाथि अनुसन्धान गरिरहेको प्रहरीले उनका दाजु पद्म ज्योतिलाई समेत पक्राउ आदेश दिएको हो ।

पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् । न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलाशले ज्योतिलाई पक्राउ गर्न आदेश दिएको जिल्ला अदालतले जानकारी दिए । प्रहरीले पद्म ज्योतिका भाइ डा. रुप ज्योति र उनकी छोरी सुरुचीलाई यसअघि नै पक्राउ गरिसकेको छ । पक्राउ परेका बाबु छोरी दुबैलाई कात्तिक २४ गते अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।

ठगी प्रकरणमा ११ जनाविरुद्ध उजुरी परेको बुझिएको छ । अहिलेसम्म दुई जना प्रहरीको हिरासतमा छन् भने पद्म ज्योतिलाई पक्राउ पुर्जी काटिएको छ । उजुरी परेका अन्य व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए।

ल्यान्डमार्क हाउजिङमा ज्योति समूह अन्तर्गतका विभिन्न कम्पनीको शेयर रहेको छ । सो वारेमा बुझ्न पद्म ज्योतिलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भएकाले प्रहरीले पक्राउ पूर्जी जारी गर्न अदालतसँग अनुमति मागेको थियो । सोही अनुरुप अदालतले अनुसन्धान गर्न बाटो खोलिदिएको हो ।

ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिको पक्राउप्रति नाडाको ध्यानाकर्षण

रुप ज्योतिलाई ५ दिन थुनामा राख्न अदालतको आदेश, पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन

उद्योगी रुप ज्योतिको गिरफ्तारी प्रति चेम्बरको आपत्ति

ज्योति ग्रुपका मालिक रुप ज्योति पक्राउ

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.