एनसेलका १४ सुपर सेलरलाई सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मेसिन वितरण

  २०७६ कार्तिक २५ गते १७:४८     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । खुद्रा विक्रेताहरुले एक कार्यक्रममाझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मेसिन पाएका छन् ।

रिजन डेरी (बसपार्क), ओम साई रामकम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एम.के स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र श्री पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्रा बिक्रेताहरुले यस योजनाअन्तर्गत २४ क्यारेटको १—१ तोला सुन पुरस्कार पाएका छन् । यी पिओएस/खुद्राबिक्रेताले यो योजनाको ‘गोल्ड’ समूह अन्तर्गत सुन पुरस्कार जित्न सफल भएका हुन् ।

सिल्भर समूह अन्तर्गतचार खुद्राबिक्रेताहरु राना स्टोर (मिलन टोल), एन.बि.टी मोबाइलमर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल) ले माउन्टेन बाइक साइकल जित्न सफल भएका छन् । त्यस्तै न्यू कन्काई स्टोर (नयाँबानेश्वर) र सरस्वतीखाद्य स्टोर (भैंसेपाटी) ले १—१ थानल्यापजित्न सफल भएका छन् । यसै समूह अन्तर्गत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ्ग मेसिन जितेका छन् ।

यस योजना अन्तर्गत यी १४ खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, प्रख्यात क्रिकेट खेलाडी सन्दिप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्त रुपमा सोमबार पुरस्कार हस्तान्तरण गरेका हुन् । एनसेलले आफ्नो यस योजना अन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गर्ने जनाएको छ । एनसेलको यस योजनाले खुद्रा बिक्रेताहरुलाई उत्साह प्रदान गरेको र आफुहरु एनसेलसँग आवद्घ हुन पाएकोमा निकै खुसी रहेको पुरस्कार पाएका खुद्रा बिक्रेताहरुले बताए ।

एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजनागत २०७५ चैत्र १ देखि लागु भएको थियो र यो योजना पुस २०७६ सम्म संचालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ ।

यस योजनाअन्तर्गत खुद्राबिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समुहमध्यकुनै एक समूहमा आफुलाई सहभागी गराई आकर्षक बम्पर उपहार जस्तै कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन् । बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वासिङ्ग मेशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.