महालक्ष्मीले सुर्खेतको विद्यालयमा जडान गर्यो पानी प्रशोधन उपकरण

  २०७६ कार्तिक २५ गते १७:१२     विकासन्युज


काठमाडौँ । महालक्ष्मी विकास बैंक सुर्खेत शाखाले आइतबार विरेन्द्रनगर नपा–३ मा स्थित हरिडिल भूमि माध्यमिक विद्यालयमा पानी प्रशोधन उपकरण जडान गरेको छ ।

बर्षातका समयमा महामारीका रुपमा देखिने ज्वरो, टाइफाइड जस्ता समस्याबाट विद्यार्थीहरुलाई जोगाउनका लागि बैंकले विद्यालयमा उक्त उपकरण जडान गरेको हो ।

त्यसैगरी, आइतबार नै बैंकको पालुङ शाखालेबज्रबाराही माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले विद्यालयका १०+२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.