दरबारमार्गका होटलले ग्राहकलाई यसरी ठग्दैछन्, ३० रुपैयाँ पर्ने मिनरल वाटरको ७० रुपैयाँ !

  २०७६ कार्तिक २५ गते १५:४७     नबिन पोखरेल


काठमाडौं । एक लिटर मिनरल वाटर कति रुपैयाँमा किन्ने गर्नु भएको छ ? बोतलको २०, २५ रुपैयाँमा किनीरहनु भएको छ हैन ? तर, राजधानीको दरबारमार्गमा भने दिनदहाडै लूट भइरहेको छ, त्यहाँ  ३० रुपैयाँ मूल्य अंकित पानीको ७० रुपैयाँमा बिक्री वितरण हुने गरेको पाइएको छ ।

राजधानीको दरबारमार्गस्थित ‘हटब्रेड’ होटलमा रु. ३० अंकित मिनरल वाटरको ७० रुपैयाँसम्म तिर्नुपर्छ । एकातिर अंकित मूल्य भन्दा बढी लिने गरिएको छ भने पछिल्लो समय होटलहरुमा खाजा खाने ग्राहकहरुलाई ग्लासमा पानी दिनु भन्दा बोतलकै पानी दिइन्छ । यसरी बोतलको पानी दिंदै होटल सञ्चालहरुले लूट मच्चाएका हुन् ।

विकासन्यूज प्रतिनिधि रिपोर्टिङको शिलशिलामा दरबारमार्गका केही होटलमा पुग्दा ‘हट ब्रेड’ नामक होटलमा खाजा अर्डर गर्दा पानी दिइएन । उक्त होटलमा खाजा खाइसकेर पानी माग्दा मिनरल वाटरको बोतल दिइयो । सो वोतलको मूल्य नेपाली बजारमा ३० रुपैयाँ पर्ने स्टीकर टाँसिएको देखिन्थ्यो, तर होटल मालिकले रु. ७० रुपैयाँको बिल जोडेका थिए ।

दरबारमार्गका अरु होटल यस्ता छन्
दरवार मार्गस्थित होटल अन्नपूर्णको विपरीत दिशामा रहेको ‘केक्स एण्ड बेक्स’ नामक होटलमा भने पानीको लागि छुट्टै पैसा बुझाउनु पर्दैन । खाजा खान जाने ग्राहकहरुलाई सो होटलमा छिर्दाको बखतमा नै गिलासमा पानी दिने गरेको पाइयो ।

द कफी सप
दरबारमार्ग स्थित ‘द कफी सप’ खाजा खान आउने ग्राहकहरुसँग पानीको लागि भनेर छुटटै पैसा लिने गरेको पाइएन ।

पिजा हट
होटल अन्नपूर्णसँगै जोडिएको अर्को चर्चित होटलको नाम हो पिजा हट । पिजा हटमा खाजा खान जाने ग्राहकहरुको लागि बोतलको मिनरल वाटर भन्दा पनि गिलासमा जारको पानी दिने गरिन्छ र पानीको छुट्टै पैसा तिर्नु पर्दैन ।

दरमारमार्गका होटल-रेष्टुरेण्टलाई चर्को मूल्य अशुल्ने छुट छैन
होटलमा खाजा खाने ग्राहकहरुले स्वाभाविक रुपमा गिलासमा तथा बोतलमा पानी खाँदै आएको छन् । गिलासमा ल्याएर दिने पानीको पैसा तिर्नु पर्दैन भने बोतलमा ल्याएर दिने पानीको भने छुट्टै पैसा तिर्नु पर्छ । ग्राहकहरुले सामान्यतया गिलासको पानी मगाउने भन्दापनि होटल आफैँले ल्याएर दिनु पर्ने हो । कसैलाई मिनरल बाटर नै खान मन लागे भने मनाउन सक्नेछन् ।

विगतका दिनमा होटलहरुले ग्राहकहरुलाई सर्वप्रथम पानीले स्वागत गर्ने चलन छ । त्यही पानीको पैसा तिर्नु पर्ने र त्यो पनि बजार मूल्य भन्दा डबल तिर्नु पर्ने अवस्था चाँही ब्यापारीहरुको मनपरीतन्त्र हो भन्न सकिन्छ । दरबारमार्गका होटलहरु चर्को शुल्क सञ्चालित छन् भन्नेमा दुई मत नहोला । तर ती होटलहरुलाई ग्राहकहरुसँग बजार मूल्य भन्दा चर्को मूल्य अशुल्ने छुट पक्कै छैन । दरबारमार्गका होटल–रेष्टुरेन्टको अवस्था उदाहरण मात्र हो, यस्तै खालका वेथिति अन्यन्त्र पनि छन् । यसलाई सरकारी निकायहरुले अनुगमन र नियमन गर्न ढिला गर्नु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.