अघोरी बाबाकी श्रीमति शारदा पाण्डे प्रहरी हिरासतमा, ठगी गरेको आरोप

  २०७६ कार्तिक २५ गते १५:०६     विकासन्युज


काठमाडौँ । लाइफ ड्यामेज बाबा अर्थात अघोरी बाबाका रुपमा चिनिएका विजय केसीकी श्रीमति शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बौद्धले पाण्डेलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको हो । पाण्डेलाई विवाह गरेपछि लाइफ ड्यामेज बाबाले लाइफ म्यानेज गरेको भन्दा सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाण्डेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ । पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी बाबा भनिने केसी पनि सँगै गएको प्रहरी श्रोतले जनाएको छ । अघोरी बाबाले पाण्डेलाई विवाह गरेपछि लाइफ ओके भएको प्रतिक्रिया दिने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.