शाओमीद्वारा रेडमी ८ र रेडमी ८ए सार्वजनिक, कति पर्छ मूल्य थाहा पाउनुहोस्

  २०७६ कार्तिक २५ गते १४:०९     विकासन्युज


काठमाडौँ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज दुई वटा नयाँ स्मार्टफोन रेडमी र रेडमी ८ ए सार्वजनिक गरेको छ ।
रेडमी ८, लोकप्रिय रेडमी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो, जसमा १२ एमपी डूअल क्यामेरा सेटअप रहेको छ । रेडमी ८ए, रेडमी ए सिरिजमा सबैभन्दा नयाँ फोन हो जसमा सम्पूर्ण विधामा सुधार गर्नुका साथै यसमा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी रहेको छ ।

दुवै फोनमा विशाल ५००० एमएएच ब्याट्री रहेको छ जसले गर्दा प्रयोगकर्ताले एकपटक चार्ज गरेपश्चिात कयौँ घण्टासम्म प्रयोग गर्न सक्नेछन् । शक्तिशाली क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट जस्ता विशेषताका साथ शाओमीले यो सेग्मेन्टमा पहिलो पटक दुवै स्मार्टफोनमा १८ वार्टको फास्ट चारजिङ्ग सपोर्ट गर्ने टाइप–सी यूएसबी ल्याएको छ । शाओमी अनवरत रुपमा गुणस्तरप्रति केन्द्रित रहेको छ । त्यसैले दुवै स्मार्टफोनलाई कर्निग गोरिला ग्लास ५ ले सुरक्षित राख्दछ र यसमा भएको एद्दष् न्यानो कोटिङ्गले फोनलाई स्प्ल्यास प्रुफ बनाएको छ ।

६.२२ इन्च अथार्त १५.८ सीएम डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए मा १९ः९ एसपेक्ट रेसियो जस्ता विशेषता रहेको छ जसले समग्र रुपमा अदभुत अनुभव प्रदान गर्दछ । फाइन टेक्सचर प्याट्रनका साथ औरा वेभ ग्रीप डिजाइनले गर्दा यसलाई आकर्षक बनाउनुका साथै फिन्गरप्रिन्टको मार्कहरु पनि कम गर्दछ । रेडमी ८ए ले २ प्लस १ डूअल सिम सल्ट र डेडिकेटेड माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ र थप ५१२ जीबीसम्म स्टोरेज एक्सपान्ड गर्न सकिन्छ । रेडमी ८ए मा प्रयोगकर्ताहरुको यो लाइनअपमै लोकप्रिय वायरलेस एफएम रहेको छ जसमा प्रयोगकर्ताले इयरफोन कनेक्ट नगरी एफएम रेडियो बजाउन सक्दछन् ।

रेडमी ८ए को सबैभन्दा महत्वपूर्ण अप्ग्रेड फ्रन्ट क्यामेरा हो । यसमा १२ एमपी सोनी सेन्सर रहेको छ जसले इमेज सेन्सर विशेषता भएको एक मात्र स्मार्टफोनको छवि प्रदान गर्दछ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ रेडमी ८ र रेडमी ८ ए नेपालमा ल्याउन पाउँदा निकै खुसी भएको बताए । सनसेट रेड, ओसन ब्लू र मिडनाइट ब्लाक कलर भेरियन्टमा उपलब्ध रेडमी ८ ए २जीबी प्लस ३२ जीबी को मुल्य रु ११,९९९ र ३ जीबी प्लस ३२ जीबीको मुल्य रु १२,९९९ रहेको छ । ४ जीबी प्लस ६४ जीबी भेरियन्टकोे रेडमी ८ रु १४,९९९ मा ओनयक्स ब्लाक, रुबी रेड र सेफ्रायर ब्लु कलरमा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.