ग्लोबल बैंकसँग मर्जरमा जाने अन्तिम तयारी गरेको जनता बैंकको नाफा ३६ करोड

  २०७६ कार्तिक २५ गते ११:३७     विकासन्युज

काठमाडौं । ग्लोबल बैंकसँग मर्जरमा जाने अन्तिम तयारीमा पुगेको जनता बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ३६ करोड ६९ लाख रुपैयाँ कमाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने १८ करोड ५३ लाख रुपैयाँ रहेको छ । बैंकले गएको आवको सोही अवधिमा ३२ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो ।

जनता बैंकले साउनदेखि असोजसम्मको यो अवधिमा ७५ अर्ब ३ करोढ निक्षेप संकलन गरेर ६८ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ७९.९४ प्रतिशत पुगेको छ । यसले कर्जा प्रवाहमा बैंकलाई चुनौती थपेको छ । अब बैंकले निक्षेप संकलन नबढाइ कर्जा प्रवाह गर्न सक्ने अवस्थामा बैंक छैन ।

८ अर्ब चुक्ता पुँजी भएको जनता बैंकको जगेडा कोषमा १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । बैंकको आधार ब्याजदर १०.१३ प्रतिशत छ भने स्प्रेड दर ४.९५ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा १.३३ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ७.५३ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी १८.३४ रुपैयाँ रहँदा प्रति सेयर नेटवर्थ भने १३७.५० रुपैयाँ छ । जनता बैंक र ग्लोबल आइएमई बैंकले मंसिर दोस्रो सातासम्म एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.