सेञ्चुरीले थप्दैछ १८ वटा नयाँ प्रोडक्ट, अब के के आउँदैछ बजारमा

  २०७६ कार्तिक २५ गते ८:४५     राजाराम न्यौपाने

काठमाडौं । दुगड ग्रुप अन्तरगतको ‘सेञ्चुरी स्पाइस एण्ड स्नाक्स’ ले नेपाली बजारमा १८ किसिमका नयाँ प्रडक्ट ल्याउने भएको छ । ब्रेकफास्ट, चिया मसला, ड्राइ फ्रुउट्स, अचार, जाम लगायतका उत्पादन बजारमा ल्याउन लागेको हो ।

यस्ता छन् सेञ्चुरीका उत्पादनः
सेञ्चुरी मसला उत्पादक कम्पनीले हाल नेपाली बजारमा ५० प्रकारका उत्पादनहरु बिक्री गर्दै आएको छ । कम्पनीले किङ्ग चिप्स, मुङ्ग दाल, फुरन्दाना, भुजिया, मिट मसला, चाउमिन मसला, मो मो मसला, चिकेन मसला, गरम मसला, चाट मसला, पानी पूरी मसला, सेकुवा मसला, जल जिरा, बिर्यानी मसला, फस मसला, कास्मीरी मिर्च पाउँडर, एग करी, मिक्स मसला, चिल्ली पाउडर, अजिनो मोटो लगायतका प्रडक्ट बेच्दै आएको छ । यस्तै, खाजको रुपमा सेञ्चुरीले कुरकुरे, पेन्नी, चुरमुरे, चिज बल्स, मुन चिप्स, पोट्याटो क्रेकर, साल्टेड पि नट्स लगायतका उत्पादन बिक्री गर्दै आएको छ ।

कम्पनीले उत्पादन गर्ने उक्त खाद्य सामग्रीहरु काठमाडौँ उपत्यका तथा उपत्यका बाहिर बिक्री बितरण भइरहेको छ । कम्पनीले शुद्धता, उत्कृष्टता, गुणस्तरीयताको एउटै नाम सेञ्चुरी मसला भन्ने कुरालाई मूलमन्त्र बनाएको जनाएको छ । सेञ्चुरी मसला नेपाल गुणस्तर चिन्ह प्राप्त कम्पनी हो ।

कहाँ कहाँ छ कम्पनीको कार्यालय ?
अहिले कम्पनीको कर्पोरेट अफिसको रुपमा दुगार स्पेशीस एण्ड फुड प्रडक्ट प्राइभेट लिमिटेड विराटनगरस्थित पोखरीया मेनरोडमा रहेको छ । यस्तै, दुगार स्पेशीस एण्ड फुड प्रडक्सन प्राइभेट लिमिटेड विराटनगर बूढी गंगामा रहेको छ । साथै, कम्पनीको ब्राञ्च अफिस (शाखा) भने काठमाडौंको सानो गौचरणमा रहेको छ । नेपालका ८५ प्रतिशत होटल, रेष्टुरेन्टले सेञ्चुरी मसला प्रयोग गर्दै आएको कम्पनीले दाबी छ ।

२० देशमा निर्यात
हाल नेपाल भित्र वा बाहिर बसोबास गर्ने नेपालीहरू मात्र नभई विदेशी शेफहरू, गृहिणीहरू र विद्यार्थीहरूको लागि समेत पहिलो विकल्प सेञ्चुरी नै भएको भएको पनि कम्पनी बताउँछ । उक्त कम्पनीले आफ्ना उत्पादनहरू विश्वका २० भन्दा धेरै देशहरूमा निर्यात गर्दै आएको बताएको छ ।

कम्पनीले ओमान, कतार, साउदी अरेबिया, र संयुक्त अरबका मध्य पूर्वी देशहरू सहित बंगलादेश, भुटान, भारत, इन्डोनेसिया, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का र थाइल्यान्डमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ । त्यसैगरी अष्ट्रेलिया, क्यानडा, डेनमार्क, न्यूजल्याण्ड, पोल्याण्ड, रूस, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका लगायतका देशहरुमा निर्यात हुँदै आएको पाइन्छ ।

आफ्ना उत्पादनको गुण, स्वच्छता, र सुरक्षाका लागि कम्पनीले मेहनत गर्दै आएको पाईन्छ । कच्चा माल खरिद प्रक्रियाबाट भण्डारण र सामानहरूको ढुवानीसम्ममा वैज्ञानिक पद्धतीको प्रयोग गर्न कम्पनीले महत्वपूर्ण कदम उठाउँदै आएको छ । आईएसओ र एनएस मापदण्डमा कम्पनीको स्थान राम्रो रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.