बिएस६ इञ्जिनमा आयो यामाहाको एफजि सिरिज, टर्कमा वृद्धिका साथै कलर अप्सन पनि थपियो

  २०७६ कार्तिक २४ गते १९:०५     विकासन्युज

काठमाडाैं । जापनिज मोटरसाइकल कम्पनी यामाहाले आफ्नो पहिलो बिएस६ कम्प्लायन्ट उत्पादन ‘एफजि भी३’ र ‘एफजि-एस भी३’ लाई भारतमा सार्वजनिक गरेको छ । भारतिय बजारमा यी बिएस६ प्रदुषण मापदण्ड अनुरुपका मोटरसाइकलहरुको मूल्य क्रमशः ९९ हजार दुई सय र एक लाख एक हजार दुई सय रुपैयाँ तोकिएको छ ।

दुवै मोटरसाइकलकाे मूल्य पहिलेको तुलनामा दुई हजार पाँच सय रुपैयाँको वृद्धि भएको कम्पनीले जनाएको छ । त्यसैगरी, कम्पनीले एफजिएस भी३ लाई ‘मेटालिक रेड’ र ‘डार्कनाइट’ गरी थप दुई कलर स्किममा उपलब्ध पनि गराएको छ जसमध्ये ‘डार्कनाइट’ चाहिँ थप एक हजार पाँच सय रुपैयाँ महँगो रहेको छ ।

नयाँ एफजि भी३ र एफजिएस भी३ मा पहिले दिइएकै १४९ सीसी सिङ्गल-सिलिण्डर एफआई इञ्जिन समावेस गरिएको छ । यामाहाका अनुसार यस इञ्जिनको कम्प्रेसन रेशियो ९.६ः१ रहेको छ जुन पहिलेको भन्दा बढी हो । यस इञ्जिनले पहिलेको भन्दा केहि कम पावर प्रोड्युस गर्छ भने टर्क चाहिँ बढी प्रोड्युस गर्छ । तुलनात्मक रुपमा भन्नुपर्दा पहिलेको बिएस४ इञ्जिनले १३.२ एचपीको पावर र १२.८ एनएमको टर्क प्रोड्युस गर्थ्याे भने अहिलेको बिएस६ इञ्जिनले १२.४ एचपीको पावर र १३.६ एनएमको टर्क प्रोड्युस गर्दछ ।

एफजि भी३ र एफजिएस भी३ का अन्य फिचरहरुमा भने कुनैपनि परिमार्जन गरिएको छैन । यी मोडेलहरुमा डवल डिस्क, सिङ्गल च्यानल एबीएस, टेलिस्कपिक फर्क, मोनोशक र पहिले दिइएकै इन्स्ट्रुमेन्ट क्लष्टर समावेश छन् ।
कम्पनीका अनुसार यामाहाले चाँडै नै आफ्ना अरु उत्पादनहरुलाई पनि बिएस६ इञ्जिनका साथ बजारमा ल्याउने तयारी गरिरहेको छ ।

नेपालका लागि यामाहा टू-ह्विलर्सको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.ले हाल बिएस४ कम्प्लायन्ट एफजिएस भी३ लाई तीन लाख १८ हजार नौ सय रुपैयाँ मूल्य तोकेर नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.