२० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स, क-कसले भर्न पाउँछन् ?

  २०७६ कार्तिक २४ गते १३:४६     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको आइतबार(आज)देखि २० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैंयाँ दरका १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो ।

कम्पनीका अनुसार आगामी असोज २६ गतेसम्म सेयर खरिद गर्ने सेयरधनीहरुले सो मात्राको हकप्रद भर्न सक्नेछन् । उक्त सेयरधनीले आगामी मंसिर २५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिविआईएल क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदको लागि इन्स्योरेन्सको केन्द्रिय तथा सम्पूर्ण शाखा कार्यालयहरु र काठमाडौंको डिल्लीबजारमा रहेको सिविआईएल क्यापिटलबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

साथै, सी–आस्वा प्रणाली मार्फत समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.