राष्ट्रिय बीमा संस्थानले सम्पन्न गर्यो जीवन बीमा अभिकर्ताको आधारभुत तालिम

  २०७६ कार्तिक २४ गते १३:१४     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थाद्वारा विराटनगरमा जीवन बीमाको अभिकर्ता तालिम कार्यक्रम सम्पन्न भएको छ । गत कात्तिक २१ गतेदेखि २३ गतेसम्म गरी सो कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त तालिममा ३३ जनाले सहभागीता जनाएका छन् । सो तालिममा बीमाको महत्व र सिद्धान्तका विषयमा छलफल गरिएको थियो । यस्तै, बीमा सम्बन्धी हाल नेपालमा लागू भएका ऐन, नियमावली तथा विनियमहरुको बारेमा छलफल भएको पाइन्छ ।

कार्यक्रममा राष्ट्रिय बीमा संस्थानमा प्रचलित बीमालेखहरु तथा अभिकर्ताहरुको सेवा सुविधाको विषयमा चर्चा भएको थियो । बीमा बजारीकरण र अभिकर्ताको व्यवसाय वृद्धीका तरिकाहरुमा समेत कार्यक्रम केन्द्रित भएको पाइन्छ ।

सोही तालिम कार्यक्रमको अवसर पारेर राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थाको भावी कार्यदिशाको विषयमा सहभागीलाई प्रशिक्षित गराएका थिए । साथै,  कात्तिक २४ देखी २६ गतेसम्म विर्तामोडमा जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन हुने पाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.