आज हब इन्टरनेसनल एजुकेशनको ‘युके एजुकेसन फेयर’ हुँदै

  २०७६ कार्तिक २४ गते १२:१४     विकासन्युज

काठमाडौं। हब इन्टरनेसनल एजुकेशनले आज नोभेम्बर दश तारिका दिन हब कम्प्लेक्स बागबजारमा ‘युके एजुकेसन फेयर २०१९’ आयोजना गर्ने भएको छ। विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा विद्यार्थीहरूले परामर्श प्राप्त गर्न सकिने हुँदा उक्त शैक्षिक मेलाले विद्यार्थीहरुलाई बेलायत अध्ययनका विषयमा पूर्णरुपमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जानकारी गराएको छ।

शैक्षिक मेलामा युनिभर्सिटी अफ उक्लान, युनिभर्सिटी अफ वेष्ट लण्डन, युनिभर्सिटी अफ स्वान्सी, युनिभर्सिटी अफ अक्सब्रिज, युनिभर्सिटी अफ वुल्भरहेम्प्टन, युनिभर्सिटी अफ ल लगायतका विभिन्न शैक्षिक सस्थाहरुले परामर्श प्रदान गर्नेछन् । उक्त शैक्षिक मेलामा मेलाको पार्टनर समेत रहेको ब्रिटिश काउन्सिलका प्रतिनिधिले आईएल्टिएस, टेस्ट प्रिपेरेसन र बेलायती शैक्षिक प्रणालीका बारेमा जानकारी गराउने छ।

उक्त शैक्षिक मेलामा हब इन्टरनेसनल एजुकेशनका समूहले विद्यार्थीहरुलाई विदेश अध्ययनका लागि आवश्यक प्रकृया, अनुमानित लागत र विदेश अध्ययनका लागि जानुअघिको तयारी लगायतका विषयमा समेत परामर्श प्रदान गर्नेछ। अमेरिका, अष्ट्रेलिया, न्युजिल्यान्ड, युके, इण्डिया लगायतका राष्ट्रमा उच्च शिक्षा हाँसिल गर्न जाने विधार्थीहरूलाई उत्कृष्ट परामर्श दिंदै आएको छ।

विदेश अध्ययनार्थ जान चाहने विद्यार्थीहरुले अहिले आफ्नो गन्तव्यको रुपमा बेलायतलाई छानेका छन्। बेलायतले आफ्नो शैक्षिक प्रणालीलाई व्यवहारिक र अनुसन्धान मुलक बनाउनु, अध्ययनपश्चात् विद्यार्थीहरुलाई विभिन्न सुविधा र उच्चस्तरीय डिग्री प्रदान गर्ने हुँदा अन्तरराष्ट्रिय विद्यार्थीहरूले बेलायतलाई आफ्नो रोजाईमा पारेका हुन् ।

अन्तराष्ट्रिय मान्यताप्राप्त विश्वविद्यालयहरू बेलायतमा हुनाले पनि विद्यार्थीहरु यसतर्फ आकर्षित भएका हुन्। गुणस्तरीय शिक्षा, फरक संस्कृति, अध्ययनको क्रममा काम गर्न पाउनु र अध्ययन पश्चात पनि काम गर्न पाउने व्यवस्था भएकाले पनि विद्यार्थीहरु बेलायत तर्फ अध्ययनसँगसंगै अर्थिक उन्नतीका लागी समेत बेलायतलाई शैक्षिक गन्तव्यका रुपमा छान्ने गरेको पाइन्छ।

पछिल्लो समयमा अन्तरराष्ट्रिय विद्यार्थी र अभिभावकहरूले बेलायती शैक्षिक पद्धतिलाई मनपराएका छन्। व्यवहारिक शैक्षिक प्रणालीको जननी बेलायत नै हो विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा बेलायती शिक्षण पद्धतिलाई अवलम्बन गरिएको छ। अङ्ग्रेजी भाषामा अध्ययन अध्यापन हुने हुँदा पनि बेलायती शैक्षिक प्रणालीको परिधि बढेर गएको छ।

करिब पाँच लाख अन्तरराष्ट्रिय विद्यार्थीहरू बेलायत बाहिर नै बेलायती विश्वविद्यालय अन्तर्गतका उच्च शिक्षा हासिल गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.