दराजकाे एकदिने सेल कार्तिक २५ गते, यस्ता छन् ११.११ फाइदा

  २०७६ कार्तिक २३ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपालको अन्लाईन शपिङ साइट दराजले ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल)यहि कार्तिक २५ गते, नोभेम्बर ११ को मध्यरातमाआयोजना भएकाे छ ।
एक दिनको सेलमा दराजले भाउचरहरु, फ्लेश सेल, तीन हजार भन्दा बढि विक्रेता सँग मिली ३ लाख भन्दा बढिसामानहरुमा आकर्षक छूट्हरु लगायत अन्य धेरै अफरहरु लिएर आउनेछ । साथै उपभोक्ताहरुले दराजको ६ बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा मेगा सेलमा तीन हजार पाँच सय रुपैयाँसम्मको छूट पाउनेछन् ।

यसपाली उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरुको अपेक्षा गर्न सक्नेछन् । जस्तो कि रेड्मी नोट७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छूट हुनेछन् भने आइ फोन ११ प्रीअर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेछ । साथै सामसंग, मिडीआ, विडीयोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी,वाशीङ मशीन, रुम ग्यास हिटर, आदीसामानहरुमा ठुलो छुट दिनेछन् । यसको साथ साथै डेल, ब्ल्याक एंड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिनेछन्।

ब्रान्ड पिच्छे छूट फरक फरक छन् तर उपभोक्ताहरुले ३०% देखि लिएर ८०% सम्मको छूटको अपेक्षा गर्न सक्नेछन ।
जस्तो कि टाइटनका उत्पादनहरुमा २५% को छूट;मन्त्रनाइकी,गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा३५% को छूट;भ्यान्सका उत्पादनहरुमा ५०% सम्मको छूट;आडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० % सम्मको छूट;र अन्य अरु धेरै ।
यो सेल २४ घण्टा को लागि मात्र हुने हुँदा उपभोक्ताहरुले यस को पूरा लाभ उठाउन दराज एप पहिलेनै डाउनलोड गर्नुपर्छ र नोटिफिकेसन अन राख्नुपर्छ । साथै दराज नेपाल भरि का उपभोक्ता र बिक्रेतालाई मिलाउने अनलाइन बजार भएकोले यस बजार मा थुप्रै बिक्रेता हुने गर्दछन जसले गर्दा एउटै समान फरक फरक मूल्यमा पाउन सीकन्छ । उपभोक्ताहरुले बिक्रेता ले दिएको मूल्य, बिक्रेता को रेटिङ्ग, र अरु उपभोक्ताहरुले दिएको प्रतिक्रिया हेरि मात्र आफूलाई मनपर्ने सामान किन्नुपर्दछ ।
साथै उपभोक्ताहरुले ११.११ भन्दा पहिले नै विभिन्न बिक्रेताको पसल फलो गरेहुन्छ, भाउचर बटुले हुन्छ र आफूलाई मनपरेको सामान आफ्नो कार्टमा हाले हुन्छ । यसको माथि दराजमा डेबिट र क्रेडिट कार्ड बाट किन्दाछूट पाउने भएकोले कार्डको उपयोग गर्दा झन् फाइदा हुन्छ ।
यस सालको ११.११मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट र्याली स्कुटर रहेको छ । उक्त स्कुटर जित्ने मौका पाउन केवल दराज को ११.११ मा शपिंग गरे पुग्छ । लकी ड्र द्वारा एक बिजेता घोषित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.