सोमालियामा विस्थापितका लागि सहयोगको याचना

  २०७६ कार्तिक २३ गते १४:४५     विकासन्युज

मोगादिसु । सोमालियामा गत अक्टोबर महिनाभर आएको बाढीबाट विस्थापित करिब तीन लाख नागरिकको सहयोगका लागि आवश्यक सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

शरणार्थी सम्बन्धि राष्ट्रसंघीय निकायले गत अक्टोबरमा आएको बाढीका कारण विस्थापित हुनेहरुका लागि सहयोग गर्न गत हप्ता नै आग्रह गरेको थियो । सोमालियाका अरु शहरहरु र त्यसमा पनि सबैभन्दा बढी बियानी भन्ने ठाउँका नागरिक बाढीको चपेटामा परेका छन् ।

उनीहरु अस्थायी टहरामा बस्दै आएका छन् । भारी मात्रामा परेको वर्षाका कारण स्थानीय सियाली नदीमा आएको बाढीबाट ठूलो मात्रामा नागरिक विस्थापित हुन पुगेका बताइएको छ ।

सोमालियामा यस वर्ष बाढी मात्र नभएर खडेरी र आन्तरिक द्धन्द्धका कारण पनि ठूलो संख्याका नागरिक विस्थापित हुन पुगेका छन् ।सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा पछिल्लो महिनाको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएका बताइएको छ ।

राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी, युएनएचसिआरका अधिकारीहरुका अनुसार यस वर्षमात्र सोमालियामा विस्थापित मानिसको संख्या ५ लाख ७५ हजार रहेको बताइएको छ ।

अक्टोबर महिनाको वर्षाका कारण आएको बाढीबाट विस्थापित नागरिकको अवस्था निकै नाजुक रहेकोले सहयोगका लागि राष्टसंघीय एजेन्सी र सोमालियाली सरकारले आग्रह गरेको हो । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.